|

कञ्चनपुर  ः कञ्चनपुरको बेलौरी नगरपालिका ४ मा सिंचाइका लागि छ वटा सौर्य पम्प जडान गरिएका छन। 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको अनुदानमा साना किसानलाई सिचाई सुविधा उपलव्ध गराउनका लागि निःशुल्क रुपमा सौर्य पम्प जडान गरिएका हुन। एउटा सौर्य पम्पमा चार वटा सौर्य पाता अढाई हर्ष पावरको मोटर, स्टार्टर लगायतका सामग्री प्रयोग गरिएका छन। 

व्यवसायिक तरकारी खेती गर्ने र माछापालनमा लागेका किसानका खेतमा सौर्य पम्प जडान गरेका छौं वडा अध्यक्ष अर्जुन ढकालले भने, ‘सौर्य पम्पका लागि आवश्यक पर्ने सामग्रीदेखि जडानसम्म सबै कार्य निःशुल्क रुपमा गरिएको छ।’ 

एउटा सौर्य पम्पबाट एक विघा खेतलाई सिंचाई गर्न सकिन्छ। किसानले सौर्य पम्प जडान गरेपछि विद्युतीय मोटर र डिजेल पम्पसेटबाट सिंचाई गर्दा लाग्ने खर्चबाट जोगिएका छन। निःशुल्क सौर्य पम्प सँगै निःशुल्क रुपमा सिंचाईका लागि पानी उपलव्ध हुने भएपछि यस क्षेत्रका किसान खुसी समेत भएका छन।

बजारबाट सौर्य पम्पका सामग्री खरिद सँगै जडान गर्दासम्म चार लाख बढी खर्च लाग्ने गर्दछ। अझै वैकल्पीक ऊर्जा प्रवर्द्धन केन्द्रसँग समन्वय गरी २० वटा सौर्य पम्प किसानका खेतमा जडान गर्ने योजना रहेको वडा अध्यक्ष ढकालले बताए।

'वडालाई विकासमा अन्य भन्दा पृथक बनाउन चाहन्छु' उनले भने, ‘सौर्य ऊर्जा प्रयोग गर्ने वडाका रुपमा चिनाउने मेरो योजना छ। गत आबमा वडामा सौर्य ऊर्जामा आधारित चार वटा सडक बत्ती चोकमा जडान गरेका छौं। अझै यसलाई बढाउदै लैजाने योजना छ।’

नगरपालिका क्षेत्रमा भने सौर्य बत्ती ३० वटा जडान गरिएका छन। बेलौरी बजारमा क्षेत्रमा ८० वटा इलेक्ट्रिक बत्ती समेत जडान भएका छन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.