|

ग्लोबल टि-२० लिगको उपाधि सोमपाल कामीको सम्मिलित टिम विनपेग हक्सले जितेको छ। क्यानडाको प्रतिष्ठित लिगका रुपमा रहेको प्रतियोगितामा टिमको जितेसँगै पहिलो विदेशी लिग जित्ने खेलाडीका रुपमा सोमपाल कामी रहन सफल भए। हक्सले सुपर ओभरमा भानकोभर नाइट्सलाई स्तब्ध पार्दै उपाधि जित्यो।

प्रतियोगिताभर सोमपालले एकपटक मौका पाए पनि खराब स्पेसलका कारण त्यसपछि टिममा समावेश भएनन्। फाइनलमा पनि उनी बेच्नमा रहेका थिए। यद्यपि, रोमाञ्चक बनेको फाइनलमा हक्सलाई च्याम्पियन बन्न सुपर ओभर कुर्नु पर्‍यो। सुपर ओभरमा १० रनको लक्ष्य ४ बलमा पूरा गर्दे च्याम्पियन बन्न सफल भयो। आन्द्रे रसेललाई क्रिस लीनने तेस्रो र चौथो बलमा लगातार चौका प्रहार गर्दै जित पक्का गरे।

सुपर ओभरमा पहिलो ब्याटिङ गरेको नाइट्सले ९ रन जोडेको थियो। पहिलो बलमै आन्द्रे रसेलले छक्का प्रहार गरे। दोस्रो र तेस्रो बलमा एक एक रन बटुले। चौथो बलमा रसेल क्याच आउट भए। पाँचौ बलमा सोएब मलिकले एक रन जोड्दा अन्तिम बलमा रस्सि भान डर दुसेन क्याच आउट हुन पुग्दा नाइट्सले सुपर ओभरमा ९ रन मात्रै जोडेको थियो।

त्यसअघि १९३ रनको विशाल लक्ष्य पछ्याएको नाइट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९२ रन नै जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो। अन्तिम ओभरमा जितका लागि १७ रन चाहिएको अवस्थामा आन्द्रे रसेलले २ छक्कासहित १६ रन जोडेपछि खेलको नतिजा सुपर ओभरमा पुगेको हो। नाइट्सका लागि कप्तान सोएब मलिकले सर्वाधिक ६४ रनको योगदान दिए।

त्यस्तै आन्द्रे रसेल २० बलमा ५ छक्का र ३ चौकासहित ४६ रन अविजित रहे। रस्सि भान डर दुसेन २३, ड्यानियल सम्श २१ र शाख बीन जफार २७ रनमा आउट भए। हक्सका लागि कप्तान रायद इम्रिट र पल भान मेर्करेनले समान २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हक्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९२ रन जोडेको थियो। युएईका शैमन अनवारले ४५ बलमा ८ चौका र ७ छक्कासहित ९० रनको उत्कृष्ट इनिङ खेले। त्यस्तै क्रिस लिन २१ बलमा ४ चौका र ३ छक्का सहित ३७, जेपी ड्युमिनी ३३ र हमजा तारिकले १५ रन जोडको थिए। आन्द्रे रसेलले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.