|

कालिकोट : जिल्लाको नरहरिनाथ गाउँपालिका– ९ लालु गडिगाउँमा भालुको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्। आइतबार बेलुका ४ बजे गाउँकै मकै बारी गएको बेला कर्णबिर शाहीलाई भालुले आक्रमण गरेको हो।

भालुले आक्रमण गरी गम्भीर घाईते भएका शाहीलाई थप उपचारका लागि सुर्खेत लगिएको वडा अध्यक्ष जोरबहादुर शाहीले बताए। ‘शाहीलाई गाउँमा नै भालुले आक्रमण गरेको हो।’ उनले भने,‘शाहीको अवस्था गम्भीर छ। थप उपचारका लागि सुर्खेत लगिएको छ।’

गाउँमा नै भालु पसेको कारण गाउँलेहरु त्रसित भएको वडा अध्यक्ष शाहीले बताए। ‘गाउँमा मकै प्रसस्त हुन्छ। मकै खान भालु गाउँमा पसेको हुनुपर्छ।’ उनले भने,‘अहिले गाउँलेहरु निकै त्रसित भएका छन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.