|

काठमाडौं : आजबाट सुरु भएको एसियाली भलिबल महासंघ (एभिसी) सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले किर्गिस्तानविरुद्ध पहिलो खेल खेल्दै छ। एभिसीको बी श्रेणीमा रहेका उत्कृष्ट सात टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको उद्घाटन समारोह दिउँसो दुई बजे सुरु हुनेछ।

प्रतियोगिताको उद्घाटनलगत्तै आयोजक नेपालले किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल यो खेलमा जितसहित सुखद सुरुवात गर्ने अपेक्षामा छ। किर्गिस्तान जारी प्रतियोगिताको उपाधि दाबेदार टिम हो।

६ मध्ये चारमा हार

सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले किर्गिस्तानसँग  ६ भेटमा चारपटक पराजित भएको छ। पहिलो सेन्ट्रल जोन ३–१ को सेटमा जित
दोस्रो सेन्ट्रल जोन २०७३ सेमिफाइनल ३–१ को सेटमा पराजित  (१८–२५, १२–२५, २६–२४ र १०–२५)  तेस्रो सेन्ट्रल जोन २०७३ समूह चरणमा ३–१ को सेटमा पराजित
(२५–२०, १३–२५, १५–२५ र ११–२५) तेस्रो सेन्ट्रल जोनमा २०७४ प्ले अफ ३-० को सेटमा पराजित (१६–२५, २३–२५ र २०–२५) चौथो सेन्ट्रल जोन २०७५ तेस्रो स्थान ३–० को सेटमा पराजित (२०–२५, २२–२५ र २०–२५) एसियन गेम्स २०७५ वाक ओभरमा जित (२५–०, २५–० र २५–०)

नेपाली टोलीका प्रशिक्षक सुदेश रिमाल नेपाली खेलाडीले आफ्नो क्षमताअनुसारको प्रदर्शन गरेको अवस्थामा किर्गिस्तानविरुद्ध जित निकाल्ने विश्वास ब्यक्त गरे।   ‘यसपटक हाम्रो तयारी राम्रो भएको छ। खेलाडीले आफ्नो जिम्मेवारीबारे राम्रोसँग बुझेका छन्, जिम्मेवारी अनुसारको प्रदर्शन गरेमा जित निकाल्न सकिन्छ।’  प्रशिक्षक रिमालले भने।

प्रतियोगिताको तयारीस्वरूप यसअघि अफगानिस्तान विरुद्धको मैत्रीपूर्ण खेलका क्रममा घाइते बनेका कप्तान इम र ओपन स्पाइकर धनबहादुर भट्ट किर्गिस्तानविरुद्धको खेलमा फिट भइसकेका छन्। त्यस्तै अफगानिस्तान विरुद्ध दुबै खेलम जित निकालेकाले नेपाल केहि आत्माविश्वासी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.