क्षेत्रीय शान्ति बिग्रिनु भएन : परराष्ट्रमन्त्री

|

काठमाडौं : भारतले गत साउन २१ गते जम्मु–कश्मीर राज्यका लागि धारा ३७० अन्तरगत दिइएको विशेषाधिकार फिर्ता गरेपछि विकासित अवस्थाबारे नेपाल अझै पर्ख र हेरको अवस्थामा रहेको छ।

दक्षिण एसियाका दुई छिमेकी भारत–पाकिस्तानबीच कश्मीरलाई लिएर विवाद चुलिइरहेका बेला नेपालले अझै पर्ख र हेरको रणनीति अख्तियार गरे बसेको हो । 

सोमबार मन्त्रालयमै आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कश्मीरमा भारतका कारण विकसित पछिल्लो अवस्थालाई नेपाल सरकारले नजिकबाट नियालिरहेको प्रतिक्रिया दिए ।

‘कश्मीर मुद्दालाई हामीले नजिकबाट नियालिरहेका छौँ। त्यहाँ हाम्रा हजारौ नागरिक छन्’, उनले भने, ‘उनीहरुलाई केही नहोस भनेर हामीले नजिकबाट हेरिरहेका छौँ।’

मन्त्री ज्ञवालीले कश्मीर मुद्दामा दिल्लीस्थित नेपाली दूतावास निरन्तर भारत सरकारको सम्पर्कमा रहेको उल्लेख गरे। 

‘हामी क्षेत्रमा शान्तिको पक्षमा छौँ’, उनले थपे, ‘सम्बन्धित देशहरुले वार्ताद्वारा समस्याको समाधान गर्छन् भन्ने अपेक्षा लिएका छौँ। कश्मीरको पछिल्लो अवस्थाले क्षेत्रीय शान्तिमा प्रतिकूल असर गर्दैैन भन्ने विश्वास गरेका छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.