|
फाइल फोटो

काठमाडौं : संसदीय समितिमा सरोकारवाला मन्त्री उपस्थित नभएपछि समितिको काम प्रभावित भएको छ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबार बसेको बैठकमा आमन्त्रण गरिएका मन्त्री उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव अनुपस्थित भएपछि औद्योगिक व्यवसाय विधेयक, २०७५ पारित हुन सकेन। उक्त विधेयकमाथि अन्तिम छलफल गरी पारित गर्ने उद्देश्यले बोलाइएकोउद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक मन्त्री यादव नआएपछि स्थगित भएको थियो।

विधेयक प्रस्तुतकर्ता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बैठकमा अनुपस्थित भएपछि छलफल नै नगरी स्थगन भएको समितिका सचिव कृष्णहरि खड्काले जानकारी दिए। दफावार छलफल सम्पन्न भएको उक्त विधेयक सोमबारको समिति बैठकबाट पारित गर्ने कार्यसूची थियो।

उद्योगमन्त्री मातृकाप्रसाद यादव उपत्यका बाहिर रहेकाले उपस्थित हुन नसकेको बताइएको छ।

मुलुकमा असल औद्योगिक वातावरण तयार गर्ने उद्देश्यले उक्त विधेयक ल्याइएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.