|

काठमाडौं : नेपालका २० जना अधिकारीलाई भारतमा ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’सम्बन्धी तालिम दिइएको छ।

नेपाल सरकारको अनुरोधमा विभिन्न सरकारी निकायका २० अधिकारीलाई ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धी ६ दिने तालिम सोमबारबाट दिन थालिएको हो। 

भारतको फरीदाबादस्थित नेशनल एकाडेमी अफ कस्टम्स, इनडाइरेक्ट ट्याक्स एन्ड नार्कोटिक्स (एनसीआईएन) मा दिन थालिएको हो। 

तालिम ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्तर्गत भारतको पूर्ण सहयोगमा सञ्चालन गरिएको हो। नेपाली अधिकारीको क्षमता अभिवृद्धि गर्ने भारतको प्रतिबद्धताको अर्को उदाहरण यसलाई लिइएको छ। 

यस अन्तर्गत नेपालका विभिन्न नियामक निकायका ६० अधिकारीलाई तालिम दिइनेछ। उक्त प्रशिक्षण दुई ब्याचका प्रत्येक २० अधिकारीहरुलाई एनएसीआईएनमा अक्टोबर र डिसेम्बर महिनामा दिइनेछ। 

यस कार्यक्रमले नेपालका सम्बन्धित निकायहरुको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी मामिलामा क्षमता अभिवृिद्ध गर्ने अपेक्षा गरिएको छ।

सम्पत्ति शुद्धीकरण निवारण तथा वित्तीय अनुसन्धानको क्षेत्रमा एनएसीआईएन भारत सरकारको शीर्ष प्रशिक्षण संस्था हो। यो एशिया-प्रशान्त क्षेत्रका लागि विश्व भन्सार संस्थाको एक मान्यताप्राप्त क्षेत्रीय प्रशिक्षण केन्द्र हो। अन्य अन्तर्राष्ट्रिय संस्था युएनडिपी, युनईपी, सासेक आदिसँग मिलेर काम गरिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.