|

ताप्लेजुङ : साविक विजेता रेडस्टार फुटबल क्लब झापा ताप्लेजुङमा जारी चौँथो पाथीभरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा गोर्खा स्पोर्टिङ क्लब दमकलाई १–० गोल अन्तरले पराजित गर्दै झापाले सेमिफाइनलमा डाँगीहाट क्लब मोरङसँगको भेट पक्का गरेको हो।

खेलको दोश्रो हाफको छैटौँ मिनेटमा योगेश गुरुङले गरेको गोल नै सेमिफाईनल प्रवेशका लागि प्रयाप्त बन्यो। गुरुङले फ्री किकमार्फत सुन्दर गोल गरेका थिए। रेडस्टार झापाले भदौ ५ गते मोरङको डाँगीहाटसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ। मंगलबारको खेलमा रेडस्टारका गोल किपर विवस चौधरी म्यान अफ दि म्याच घोषित भएका छन्। उनले नगद ५ हजार प्राप्त गरे।

यसअघि सुनसरीको एलाभेन एरोज, ईलामको रेडहर्ष र मोरङको डाँगीहाट समेत सेमिफाईनलमा प्रवेश गरि सकेका छन्। थ्रीस्टारका ४, दाउफिन्सका ३, मनाङ मस्याङ्दीका १ सहित ए डिभिजनका खेलाडीलाई मैदानमा उतारेको गोर्खाले केहि सुन्दर अवशर प्राप्त गरेपनि गोल गर्न सकेन्।

यता रेडस्टारले पनि झापा ११ का ५ जना खेलाडीलाई टिममा समावेश गरेको थियो। बुधबार हुने सेमिफाइनलको पहिलो खेलमा दिउँसो २ बजे रेडहर्ष ईलाम र एलाभेन एरोजबीच फाईनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको बिजेतालाई नगद ३ लाख ११ हजारसहित ट्रफि प्रदान गरिने छ। उपबिजेतालाई १ लाख ५१ हजार नगद सहित ट्रफि दिइने छ। सदरमुकाम फुङलिङस्थित भानुजन माविको खेल मैदानमा भइरहेको प्रतियोगिताको फाइनल खेल भदौ ६ गते हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.