|
फाइल फोटो

डोटी : डोटीमा पहिलो पटक डेंगुबाट एकको मृत्यु भएको छ। दिपायल सिलगढी नगरपालिका-६ थाप्लाकी ४२ वर्षीया छत्र मलासीको डेङ्गुबाट मृत्यु भएको हो।

बिरामी भएपछि उपचारका लागी मायाँमेट्रो हस्पिटलमा भर्ना भएकी मलासीको बिहीबार बिहान मृत्यु भएको हो। टाउको दुख्ने ज्वरो आउने क्रम नरोकिएपछि थप उपचारका लागि धनगढी लगिएको जेठाजू नारद मलासीले  बताए। मलासीले भने ‘सुरुमा यो भारइल ज्वरोको समस्या सबै तिर छ, त्यही होला भन्ने भयो। बढ्दै गएपछि उपचारका लागि धनगढी लग्यौँ। डाक्टरले डेंगु हो भने, हामी चकित भयौँ।’

डोटी जिल्लामा बस्दै आएकी मलासीलाई डेंगु भनेपछि स्थानीयमा त्रास छाएको छ। मसालीलाई डेंगु र स्क्रप टाइफसका दुई बिरामी देखिएको मायामेट्रो अस्पतालका डाक्टर विष्णु जोशीले बताए। जोशीले भने ‘उहाँमा डेंगुले धेरै संक्रमण गरिसकेको थियो, त्यसैले पनि उपचार सम्भव भएन।’

जिल्लामै अहिलेसम्म डेंगु रोग नभेटिएको जिल्ला अस्पताल डोटीका डाक्टर भुषण मिश्रले बताए। मिश्रले भने ‘हाम्रो रेकर्डमा अहिलेसम्म छैनन्, डेंगुबाट मृत्यु भएको खबर मैले पनि सुनेँ, हामी परीक्षण गछौँ त्यसका लागि किटको माग गरि सकेका छौँ।’ पहाडमा पनि डेंगु रोग देखिनु चिन्ताको विषय भएको डाक्टर मिश्रले बताए।

एडिज नामको लामखुट्टेको टोकाइबाट डेंगु हुने गर्दछ। विभिन्न प्रकारका एडिजमध्ये एडिज एलवोपिक्टस र एडिज एजेप्टी मुख्य हुन्। एडिज लामखुट्टेको शरीर र खुट्टामा सेता–काला धब्बाहरू हुन्छन्। यसले दिउँसो टोक्दछ भने सफा र स्थिर पानीमा यसले अण्डा पार्ने गर्दछ। यसले आफ्नो १४ देखि २१ दिनको जीवनचक्रमा यसले करिब ३ सयवटा अण्डा पार्दछ।

डेंगु ज्वरो भएका बिरामीलाई एडिज जातको लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा उसलाई पनि डेंग सर्दछ। लामखुट्टेको कारणभन्दा पनि मानिसहरूको तीव्र बसाइसराइ र भ्रमणले यो सार्न सहयोग गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.