|

हेटौंडा : प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले महिला आर्थिक रुपमा सक्षम भए महिला हिंसा कम हुने बताएकी छिन्। उनले आर्थिक सशक्तिकरणले मात्र महिलाको जीवनमा परिवर्तन आउने भन्दै महिलालाई आर्थिक रुपमा शसक्त हुन आग्रह गरेकी हुन्।

हेटौँडामा बिहीबारबाट सुरु भएको सिर्जनशील महिला उद्यामी मेलाको उद्घाटन गर्दै प्रदेश प्रमुख कोइरालाले शहरका महिला मात्रै नभई ग्रामीण क्षेत्रका महिलालाई आर्थिक रुपमा सबल बनाउनुपर्ने बताएकी हुन्।

महिलालाई सीपमूलक तालिम सिकाएर प्रविधिमा जोड्न सके महिला सक्षम हुँदै जाने भएकोले सरकारले तालिमलाई जोड दिनुपर्ने बताएकी हुन्। उनले हस्तकलाको सामानले देशको विकासमा योगदान गरेको बताउँदै हस्तकलालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुपर्ने बताइन्।

पुरुषको उपस्थिति कम देखेपछि महिला अधिकारकर्मी समेत रहेकी कोइरालाले महिलाको कार्यक्रममा पुरुषको उपस्थिति कम भएकोमा अझै विभेद रहेको संकेत गरेकी हुन्।  

महिला सिर्जनशील केन्द्र काठमाडौं तथा मकवानपुर महिला उद्यमी व्यवसायी संघको संयुक्त आयोजनामा सुरु भएको मेलामा ४० वटा स्टल रहको छ। जसमा ३० वटा स्टलमा घरेलु उत्पादन रहेको मेला संयोजक शुसिला पाण्डेले जानकारी दिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.