|

दमक : हरेक वर्ष झै झापाको दमकमा श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्र यस वर्ष पनि निकालिएको छ। रथयात्रामा हजारौं भक्तजन सहभागी रहेका थिए। दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीले आरती गरेपछि श्रीकृष्ण रथयात्राको शुभारम्भ गरियो।

रथायात्रा दमक–७ मा रहेको राधाकृष्ण मन्दिरबाट शुरु भएको रथयात्रामा झापा, मोरङ तथा इलामका श्रद्धालु पनि सहभागी भए। रथयात्रामा दमकका विभिन्न संघ-संस्थाको सहभागीता रहेको छ। रथ यात्रा शुरु हुनुअघि बृहत सरसफाइ गरिएको थियो। रथ हिँडाउने सबै रूटमा शनिबार बिहानै दमकका लायन्स क्लब मिलेर सरसफाइ गरेका हुन्।

एरीया टु अन्तरगतका लायन्स क्लब अफ लखनपुर, लायन्स क्लब अफ मिक्लाजुङ सहित दमकका ११ ओटा लायन्स क्लबले एकै साथ छुट्टाछुटै रूट बनाएर समग्र रथ यात्रा परीक्रमा गर्ने बाटो सफा गरिएको लायन्स क्लब अफ दमक युनाइटेड का अध्यक्ष सन्दीप बस्नेतले जानकारी दिए।

यसैगरी श्री कृष्ण जन्मअष्टमीकै अवसरमा गौरादहमा पनि रथयात्रा निकालिएको छ। गौरादहमा रहेको राधाकृष्ण मन्दिरले आयोजना गरेको रथयात्रामा हजारौं भक्तजनको सहभागिता रहेको थियो। रथयात्राको प्रदेश-१ का आन्तरिक  मामिला तथा  कानुन मन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गरे।

गौरादह क्षेत्रमा रहेका धार्मिक संघ-सस्था मठ मन्दिरमा आबद्ध पदाधिकारीका साथै स्थानीयवासीको सहभागिता रहेको रथयात्रा समितिका अध्यक्ष सूर्यप्रसाद गौतमले जानकारी दिए।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.