|

काठमाडौं : काठमाडौं जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोनको उपाधि किर्गिस्तानले जितेको छ।

शनिबार भएको फाइनलमा उज्वेकिस्तानलाई प्रतिष्पर्धात्मक खेलमा ३–० को सोझो सेटमा नतिजा आफ्नो पक्षमा पार्न सफल भयो। लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा भएको फाइनलमा किर्गिस्तानलाई सुरुवाती दुई सेटमा कडा चुनौती दिए पनि जित निकाल्न नसक्दा खेल सोझो सेटमानै गुमाउन उज्वेकिस्तान बाध्य भयो।

किर्गिस्तानले २६–२४, २७–२५ र २५–१९ को सेटमा नतिजा निकाल्न सफल भयो। च्याम्पियनसिपमा दुवै टोली अपराजित रहँदै फाइनल पुगेका थिए। सेमिफाइनलमा किर्गिस्तानले तुर्कमेनिस्तानलाई पराजित गरेको थियो भने उज्वेकिस्तानले माल्दिभ्सलाई हराएको थियो।

पहिलो पटक नेपालमा आयोजित प्रतियोगितामा ७ टोलीले सहभागिता रहेको थियो। जसमा तुर्कमेनिस्तानले तेस्रो स्थान हासिल गर्दा माल्दिभ्स चौथो भएको थियो। त्यस्तै नेपालले पाँचौँ स्थान हासिल गर्दा अफगानिस्तानले छैटौँ र बंगलादेश सातौं स्थानमा रहेका थिए। कार्यक्रममा विजेता टोलीलाई कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल ट्रफी हस्तान्तरण गरेका थिए।

उज्वेकिस्तानका सबिरभ इस्लोमजन बेस्ट स्पाइकरले जिते। बेस्ट भ्यालुएबल प्लेयरको उपाधी काजिकिस्तानका  क्यानिबेक उलुले प्राप्त गरे। बेस्ट ब्लकरको उपाधी तुर्किमेनिस्तानका गुलिव मिथुनले हात पारे।

बेस्ट लिबेरोको उपाधी सत्तोरोभ डिल्मुरोड प्राप्त गरे। उनी उज्वेकिस्तानका खेलाडी हुन्। यस्तै बेस्ट सटरको उपाधी भने काजिकिस्तानका मुसाएभ जनानलिदिन प्राप्त गरे। पाँचौं संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि नेपाल सेटलाइट टेलिकमले प्रायोजन गरेको थियो।

हेर्नुस फोटो

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.