|

कञ्चनपुर:  गौरा पर्वको आगमनसँगै कञ्चनपुरमा देउडाको रौनकता छाएको छ। महेन्द्रनगर, झलारी, दैजी लगायतका क्षेत्रमा देउडाका भाकाहरु घन्कन थालेका हुन्।

परम्परागत एकनासको पहिरनमा सजिएका महिलाहरु र दौरा सुरुवाल र कोटमा सजिएका पुरुषहरुले पैतला मिलाउँदै देउडा गायन गरेको हेर्नुको मज्जा नै बेग्लै छ। देउडियाले राजनीतिक व्यंगसँगै सामाजिक कुरीति र विसंगतिविरुद्ध देउडा गाउने गरेका छन्।

जसबाट समाजमा परिवर्तनको सन्देश प्रवाह हुने गरेको छ। पुराना माया प्रितिका देउडा भाकाहरु भने हाल विरलै सुन्न पाइने गरेको छ। गौरा भित्र्याउँदा र पठाउँदा गाउने सगुन गीतहरु र भगवानका परम्परागत लयमा महिलाहरुले गाउने गीतहरु समेत कमै मात्र सुन्नमा आउनने गरेको छ। 

महेन्द्रनगरमा प्रत्येक वर्षझैँ यस वर्ष पनि रेडियो महाकालीबाट प्रशारण हुने हुक्का चिलिम कार्यक्रमले महिला देउडा प्रतियोगिता आयोजना गरेको छ। झलारीमा अछामी सेवा समाजले पनि देउडाको भारी खेलको आयोजना गरेको छ। संघ संस्था र सामुदायिक वनहरूले समेत देउडा कार्यक्रमहरुको आयोजना गरी देउडामय बनाएका छन्।

देउडियाहरूले सामाजिक सद्भाव कायम गर्न सघाउने गीतहरूमार्फत प्रतियोगितामा सचेतना फैलाउने कार्यले गर्दा समाज सद्मार्गमा जान थालेको सुरत साउदले बताए। युवा पिढिहरूले पुरानो संस्कृतिलाई भुल्दै जान थालेकाले उनीहरूलाई संस्कृतिका राम्रापक्ष बारे जानकारी दिन देउडा गतिलो माध्यमका रूपमा रहेको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.