|

कालिकोट : जिल्लाको तिलागुफा नगरपालिका–७ को ढाडगाउँमा पहिरो जाँदा २४ घरपरिवार विस्थापित भएका छन्। सोमबार बेलुका आएको बाढी र पहिरोका कारणले २४ घर विस्थापित भएका हुन्।

पहिरोका कारणले जोखिममा परेका घर परिवारहरुको अहिले राहत तथा उद्दारको काममा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाली प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिरोका कारणले ४ घर पूरै क्षति पुगेको अन्य २० घर निकै जाखिममा रहेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए। ‘सोमबार बेलुका ५ बजे बाढी पहिरो आएको कारणले मानवीय क्षति भएन’ उनले भने, ‘धनमालको ठूलो क्षति भएको छ।’

बाढी र पहिरोका कारणले बालीगाड लघु जलविद्युत् आयोजना भत्किएको र राजमार्ग अवरुद्ध भएको नगर प्रमुख शाहीले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.