|

सल्यान : बेमौसमी तरकारीको पकेट क्षेत्रको रूपमा रहेको सल्यान कपुरकोटमा आजभोलि व्यापारी र किसानहरूको ठूलो भिडभाड रहेको छ। केही व्यापारी किसानहरूसँग तरकारीको मूल्यको विषयमा कुरा गरिरहेका छन् त कोही बिक्री भएको तरकारी गाडीमा लोड गर्न तयारी गर्दै छन्।

कपुरकोट क्षेत्रमा आजभोलि व्यापारी र किसानहरूलाई बोल्नसमेत फुर्सद छैन। हप्ताको तीनदिन आइतबार, मंगलबार र शुक्रबार किसानहरू डोकोभरी तरकारी बोकेर कपुरकोट आउने गर्दछन्।

देशकै प्रमुख तरकारी संकलन केन्द्रमध्य कपुरकोट कृषि उपज संकलन केन्द्र पनि एक हो। जहाँबाट वार्षिक ३० देखि ४० करोडसम्मको तरकारी निकासी हुने गर्दछ। विगतको वर्षहरूमा भन्दा यो वर्ष तरकारीले उचित मूल्य पाउँदा कृषकहरू पनि निकै खुशी देखिएका छन्।

जब चैत्र देखि धेरैजसो ठाउँमा ताजा तरकारकिो अभाव हुन थाल्छ तव यस क्षेत्रका खेतबारीमा लोभलाग्दो तरकारी लटरम्म फलिरहेको हुन्छ।

सरकारले भारतीय तरकारी निकासीमा कडाइ गरेपछि किसानहरूले उत्पादन गरेको कृषिजन्य वस्तुले उचित मूल्य पाएको छ।  कपुरकोटबाट सबैभन्दा बढि तरकारी पश्चिम कैलाली, धनगढी, नेपालगञ्ज लगायतका क्षेत्रमा जाने गर्दछ। कृषि उपज बजार केन्द्रका पुर्व अध्यक्ष कृष्ण कुमार शर्माका अनुसार ६० प्रतिशत तरकारी पश्चिम क्षेत्रका शहर बजारमा जाने गर्दछ भने ४० प्रतिशत तरकारी बुटवल, चितवन , काठमाण्डौ जाने गर्दछ।

बेमौषमी तरकारी खेतीका लागि प्रख्यात कपुरकोट क्षेत्रका किसानहरूले टमाटर, बन्दा। काउली, सिमि, बोडी, भेडे खुर्सानी, मुला, साग काँक्रा लगायतका तरकारी तथा फलफुल उत्पादन गर्ने गगरेका छन्।  समुन्द्री सतहबाट १२ मिटर देखि १८ सय मिटरसम्मको उचाईमा रहेको यहाँको खेतबारीमा किसानहरूले बढिमात्रामा बेमौषमी तरकारी उत्पादन गर्ने गर्दछन्।

सल्यानको पुर्वि भागमा रहेको धनवाङ, सिनवाङ, गर्पा, रिम, फलावाङ, त्रिवेणी, छायाक्षेत्र, रोल्पा जिल्लाका बुढागाउँ, नुवागाउँ, झेनाम, जुगार, जिनावाङ, ओत जस्ता क्षेत्रबाट कपुरकोट बजार केन्द्रमा करिब १५ देखि २० हजार किसानहरू ताजा तरकारी एवं फलफूल बिक्री गर्ने गर्दछन्।  

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.