|

काठमाडौं : १२ वर्ष पछि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्सले जापनाको ओसाका विमान स्थलमा उडान सुरु गरेको छ। १२ वर्षअघिसम्म चीनमा ट्रान्जिट बनाएर जापान उडान हुने गरेपनि सिधा उडान भने यो पहिलो पटक हो। 

युरोपसम्म सिधा उडानको लागि भन्दै ल्याइएको वाइडवडी जहाज अहिले जापान उडान सुरू गरिएको छ। करिब एक वर्षको प्रयसपछि नेपाल एयरलाइन्स जापान उडान गर्न सफल भएको हो। तर, करिब दुई वर्ष निरन्तर प्रयास गर्दा पनि छिमेकी देश चीनको उडान गर्न नेपाल एयरलाईन्स सफल हुन सकेको छैन। 

'नेपालभन्दा सम्पन्न देशहरू पनि उड्ययन क्षेत्रमा कमजोर देखिरहेका छौँ, नेपालको अवस्था राम्रो छ थप राम्रो गराउनु पर्ने छ' २२ साउनमा गरिएको पत्रकार सम्मेलनमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले आईकाओले विगतमा देखाएका समस्या नेपालले सम्बोधन गरेको छ ६० अंक पाए पास हुनेमा हामीले ६७ अंक पाइसकेका छौँ' 

मन्त्री भट्टराईले इयूको कालोसूचीबाट नेपाललाई छिट्टै हटाएर युरोपको आकाशमा नेपाली जहाज उडाउने बताए। यस अघिका मन्त्री सरकारी उच्च अधिकारीहरूको सबैको एउटा साझा आवाज भनेको इयूले  कालोसूचीमा पार्नु नपर्नेमा पारेको गुनासो र आकाओले नै सुरक्षित क्षेत्रको रुपमा राखेको अर्थमा इयूको कालोसूची अर्थहिन भएको छ।

इयुको कालोसूचीको कारण गम्भीर असर पर्न थालेपनि यसलाई गम्भिरता पूर्वक लिन सकेका छैनन्। 'आइकाओका हामी सदस्य हौँ अरू कुनै देश वा समूहले प्रतिबन्ध लगाउने फरक कुरा हो। युरोपेली युनियनले राखेको अडानमा संस्थागत सुधारका कुरा छन्। इयूले साना जहाजहरू तथा हेलिकोप्टर दुर्घटनलाई लिएर चासो राखेको छ।' नागरिक उड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलल भन्छन्,  'वास्तवमा हेलिकोप्टर दुर्घटना अन्तर्राष्ट्रिय उड्ययन सिनारियोमा त्यति गणना हुने होइन।' 

पर्यटन मन्त्रालयका अधिकारीहरूले यसो हुन नहुने र इयूका सदस्य राष्ट्रहरुमा मात्रै समस्या भएको बताए पनि छिमेकी देशहरूमा समेत समस्या देखिएको हवाइ संचालकहरूको गुनासो छ। 

चीनको माइनस छ अंक

नेपाल एयरलाइन्सले नेपाल इयूको कालोसूचीमा परेकै कारण  चीनमा उडान गर्नको लागि सकस भएको गुनासो गरेको छ। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगमको तर्फबाट मात्रै नभइ उच्च राजनीतिक तवरबाट पटक–पटक चासो दिँदा पनि उडान गर्न नसेकिएको गुनासो गरे। 'उडानको लागि लामो समयदेखि चाइनामा एप्लाइ गरेका छौँ, हामीसँगै राजनीतिक तवरबाट पनि पहल गरिरहेका छौँ त्यति हुँदा पनि हामीले उडान परमिट पाएका छैनौँ' खरेलले भने। 

उनले इयूको कालोसूचीकाे प्रभाव चीनमा परेको बताए। उनले उडान अनुमतिको लागि तेस्रो पटक पत्र पठाए पनि अझै सम्बोधन नभएको गुनासो गरे। 'थर्ड टाइम एउटा लेटरमा साइन गरेसेकको छु, तिमीले अडिट गरेर आएपछि भन्छ' खरेलले भने, 'हामीले पहिले चाइनाबाट अवार्ड समेत पाएको हो राम्रो काम गरेको कारण, इयुको सेफ्टि लिष्टमा नरहेको कारण माइनछ ६ मूल्याङ्कन गरेको रहेछ'.

उनले अहिलेको अवस्थामा चाइनले नेपाललाई आँखा चिम्मेलेर उडान गर्न दिनु पर्ने भए पनि आफ्नै नियम कानुन देखाउदै दिन नसेको बताए। अहिले नेपालमा भने चाइनका एयरलाईन्सका ६ वटा उडान रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.