भारत र चीनमा दाेब्बर बढ्यो निर्यात

|

काठमाडौं : लगातार उच्च अंकको आर्थिक वृद्धि हासिल गर्दै गर्दा पनि उच्च व्यापारले जोखिममा पर्दै गएको अर्थतन्त्रलाई सरकारले केहि सुधारमा तान्न खोजेको देखिएको छ। चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्यांकले यो देखाउछन्। परिणाम मात्रै नभइ वृद्धिदर पनि उच्च रहेको अवस्थामा चालु आर्थिक वर्षको पहिलो महिना भने ठिक उल्टो देखिएको छ।

आयातको परिणमा नै घटेको छ भने निर्यातमा उल्लेख्य सुधार देखिएको छ। पहिलो महिनामा २२ प्रतितशले निर्यात बढाउदा १२ प्रतिशतले आयात घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ। यसका कारण पहिलो महिना देशको शोधानान्तर बचतमा रहन सक्ने देखिन्छ।

गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिनामा देशको आयात व्यापार करिब १४ अर्ब रुपैयाँले कमी देखिएको छ तर निर्यात व्यापार भने करिब दुई अर्ब रूपैँयाँले बढेको अवस्थामा छ। आयाताको तुलनामा निर्यात नगन्य मात्रै भएको अवस्थामा ठूलो प्रभाव नपरे पनि यसगरी वृद्धि गर्दै लैजान सकेको खण्डमा अर्थतन्त्रमा सकरात्मक प्रभाव पार्ने व्यापारविद् पुरुर्षोत्तम ओझा बताउछन्।

पहिलो महिना आयाता घट्दा र निर्यात बढ्दा व्यापार केही असन्तुलन घटेको देखिएको छ। गत आर्थिक वर्षको पहिलो महिनाको अवधिमा नेपालले विदेशी बजारमा एक रुपैयाको सामान पठाउदा १७ रुपैयाँ बराबरको किन्ने गरेको थियो भने चालु आर्थिक वर्षमा घटेको देखिएको छ।

साउनमा नेपालमा विदेशी बजारबाट १२ रुपैयाँको सामान आउदा नेपालबाट एक रुपैयाँको गएको देखिएको छ। यस हिसावले पाँच गुणा व्यापार असन्तुलन घटेको देखिन्छन्।

छिमेकीसँगको सुधार

नेपालको व्यापारका ६४ प्रतिशत व्यापार भारतको हिस्सा रहेको छ भने १५ प्रतिशत चीनको रहेको छ। यस हिसावले दुई छिमेकीदेशसँग मात्रै ७९ प्रतिशत व्यापार रहेकाे छ। चालु आर्थिक वर्षको पहिलो महिना नै दुई देशसँगको व्यापार असन्तुलन घटेको छ।

दक्षिणी छिमेकी देश भारतबाट नेपालले एक रुपैयाँको सामान पठाउदा भारतबाट ११ गुणा बढी अर्थात ११ रुपैयाँको सामान आयात गरेको देखिएको छ। यस हिसावले भारतसँगको असन्तुलनमा बढी देखिन्छ। तर गत वर्ष सोही अवधिमा भारतसँगको असन्तुलन १६ गुणा बढी थियो।

उत्तरी छिमेकी देश चीनसँग गत वर्ष निर्यातको तुलानमा आयात १७५ गुणा बढी रहेकोमा चालु आर्थिक वर्षको पहलो महिनामा ९३ गुणा बढी देखिएको छ। गत वर्षको साउनमा भारतसँगको व्यापार घाटा ६७ अर्ब एक करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको पहिलो महिना करिब ६ अर्ब रुपैयाले घटेर ६१ अर्ब रुपैयामा झरहेको छ। चीनसँगको व्यापार घाटा गत वर्षको साउनमा तुलानमा बढेको छ। गत वर्षको साउनमा १४ अर्ब रुपैयाँको व्यापार घाटा रहेकोमा चालु आर्थिक वर्षको साउनमा १८ अर्ब रुपैयाँ रहेको छ। चीनसँग आयात र निर्यात दुबै व्यापार बढेको छ।

चीनसँग आयात निर्यात दुबै बढ्दा भारतससँग निर्यात मात्रै बढ्यो

गत आर्थिक वर्षहो पहिलो महिनाको तुलनामा चीनसँग नेपालको व्यापार दुई अर्ब ८० करोड रुपैयाँले बढेको छ। गत साउनमा १६ अर्ब रुपैयाको व्यापार भएकोमा चालु आर्थिक वर्षको साउनमा १८ अर्ब ८० करोड भन्दा बढीको कारोबार भएको छ। जसमा १८ अर्ब ५३ करोड रुपैयाँको आर्यत रहेको छ भने जम्मा १९ करोड रुपैयाँको निर्यात रहेको छ। निर्यात गर्त वर्षको तुलनमा दुई गुणा बढी भएको देखिएको छ गत वर्ष जम्मा आठ करोड रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

तर भारतसँग नेपालको व्यापार घाटा, आयात व्यापार दुबै घटे पनि निर्यात भने बढेको छ। भारतसँग नेपालले निर्यात मात्रै दुई अर्ब रुपैयाँ भन्दा बढीको निर्यात बढेको छ। गत आर्थिक वर्षमाको पहिलो महिना तीन अर्ब ९८ करोड रुपैयाँको सामान निर्यात गरेकोमा चालु आर्थिक वर्षमा ६ अर्ब पाँच करोड रुपैयाँ बढीको सामान निर्यात गरेको छ। भारतसँग आयात भने तीन अर्ब रुपैयाँ घटाएको छ। यस हिसावले भारतसँगको व्यापार घाटा करिब पाँच अर्ब रुपैयाले घटेको देखिएको हो।

कृषि जन्य सामाग्रीहरूको निर्यात बढेको र आयात घटेको कारण त्यसको प्रभाव कृषिमा देखिएको व्यापार तथा निकासी प्रवर्द्धन बोर्डको दाबी रहेको छ।

व्यापार घाटा घटाउने नीतिमा छौँ : अर्थमन्त्रालय

देशको अर्थतन्त्रको जोखिमको रुपमा रहेको व्यापार घाटा घटाउने रणनीतिका साथ अघि बढेको अर्थमन्त्रालयको दाबी रहेको छ। ‘हाम्रा लागी व्यापार घाटा निकै चुनौतिपूर्ण बन्दै गएको अवस्था छ, यस्तो अवस्थामा यसलाई कसै कसरी कम गर्नु पर्जने हुन्छ’ अर्थमन्त्रालयका सहसचिव उत्तरकुमार खत्री भन्छन् ‘हामी रणनीति बनाएर अघि बढैका छौँ, त्यसको प्रभाव बढेको पहिलो महिना नै देखिएको छ’.

सरकारले निर्यात बढाउनको लागि थप २८ बस्तुको पहिचान गरेको छ भने कतिपय बस्तुको भन्सार वृद्धि गरेर आयतालाई निरुत्साहित गरेको जनाएको छ। व्यापारीहरू भने पहिलो महिना कमि देखिए पनि उत्पादन बढ्न नसेको अवस्थामा यसको प्रभाव नदेखिने दाबी गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.