|

दमक : दमक उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शुक्रबार निर्वाचन भएको छ। चुनावका लागि सत्ताको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकल प्यानल र बाँकी दलको प्यानल अर्कातिर भएका कारण यसलाई दलहरूले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन्।

नयाँ नेतृत्व चयनका लागि मतदान बिहान ८ बजेदेखि स्थानीय रेडक्रस भवनमा भएको हो। वाणिज्य संघमा यसपटक नेतृत्व चयन गर्नका लागि २ हजार ६ सय ८० व्यवसायी मतदाता सूचीमा थिए। मतगणना भने शनिबार बिहान ८ बजेदेखि वाणिज्य संघको आफ्नै कार्यालयमा शुरु गर्ने तय गरिएको निर्वाचन समिति सदस्य कार्कीले बताए।

२१ पदमा नेतृत्व चयनका लागि दुई स्वतन्त्रसहित ४४ जना चुनावी मैदानमा उत्रिएका छन्। निर्वाचनमा सत्तारूढ नेकपाका प्रगतिशिल व्यवसायी र नेपाली कांग्रेससहितका साना दलहरूको संयुक्त लोकतान्त्रिक व्यवसायी समूहबीच तीव्र प्रतिष्पर्धा हुने देखिएको छ। 

प्रगतीशिलका उम्मेदवार

प्रगतिशील व्यावसायिक समूहबाट वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष विमल खतिवडा अध्यक्षका उम्मेदवार बनेका छन्। व्यवसायमा लामो अनुभव भएका प्रखरवक्ता उनी सदस्य हुँदै अध्यक्ष हुने लक्ष्यसहित निर्वाचनमा होमिएका हुन्। यस्तै वरिष्ठ उपाध्यक्षमा वर्तमान समितिका प्रथम उपाध्यक्ष गोपाल गुरागाईं निक्कै अनुभवि उम्मेद्वार हुन्। उनी संघको कार्यसमितिमा चाथो कार्यकालका लागि चुनावी मैदानमा छन्।

यस्तै प्रथम उपाध्यक्षमा समेत अनुभवि र कशुल व्यवासायी वर्तमान समितिका द्वितीय उपाध्यक्ष युवराज घिमिरे उम्मेदवार बनेका छन्।  द्वितीय उपाध्यक्षमा पूर्वकार्यसमिति सदस्य घनश्याम खनाल र तृतीय अध्यक्षमा हालकै कार्य समिति सदस्य ज्ञाननाथ पौड्याल जस्ता अनुभवि युवालाई उम्मेदवार बनाएको छ।

पदाधिकारीका अधिकांश उम्मेदवार अनुभवि, युवा र ऊर्जाशिल देखिएका छन्। पदाधिकारीमा अनुभवि युवालाई उम्मेदवार बनाएको प्रगतीशिल प्यानलका सदस्य र लेखा समितिमा भने वाणिज्य संघका लागि नयाँ अनुहार हावी छन्। तर, उनीहरूमध्ये अधिकांश व्यवसाय र समाजमा स्थापित युवा छन्।

असिम राई, पदमप्रसाद न्यौपाने, भरत चौँलागाई राजकुमार थापा, सुमन काफ्ले, सुवास गड्तौला जस्ता व्यवसाय तथा सामाजिक कामबाट पहिचान बनाएका सदस्य पदका लागि उम्मेदवार बनेका छन्। यस्तै वस्तुगत संघबाट तोयानाथ अधिकारी, दिनेश सुवेदी, राधाकृष्ण आचार्य, रिङ्कुमार आचार्य र सन्तोस पौड्याल संघका लागि नयाँ अनुहार भए पनि दमकका लागि भने स्थापित नामहरू हुन्।

महिला सदस्यमा उम्मेद्वार बनेका चन्द्रमायाँ निरौला (जमुना) र विन्दू सिटौला (लक्की) समेत दमकका व्यवसायी माझ परिचित युवा नाम हुन्। यस्तै लेखा समिति संयोजकमा भने सहकारी क्षेत्रका विज्ञ तथा प्रशिक्षकको रूपमा स्थापित खोमप्रसाद बगाले उम्मेदवार हुँदा मोहन मगर (मिन) र लालबहादुर श्रेष्ठ जस्ता चिनिएका व्यवसायी सदस्यका लागि चुनावी मैदानमा छन्।

लोकतान्त्रिकका उम्मेदवार

लोकतान्त्रिक व्यवसायी प्यानलले नेपाली कांग्रेस सम्बद्ध व्यवसायी गोकुल श्रेष्ठलाई अध्यक्षको प्रत्यासी बनाएको छ। अघिल्लो निर्वाचनमा पनि उनी अध्यक्ष पदमै पराजीत भएका थिए। व्यवसायी बीचमा उनी नम्र र मृदुभाषी युवाका रूपमा चिनिन्छन्।

लोकतान्त्रिक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सहदेव आचार्य चुनावी मैदानमा छन्। सामाजिक कार्य र व्यवसायीक क्षेत्रबाट दमकमा स्थापित उनले यस अघि संघमा सदस्य भएर जिम्मेवारी निर्वाह गरिसकेका छन्।

प्रथम अध्यक्षमा वर्तमान कार्यसमिति सदस्य राजु खड्का, द्वितीय उपाध्यक्षमा कार्यसमिति सदस्यको अनुभव लिई सकेका राजकुमार योङ्या र तृतीय उपाध्यक्षमा रमा लिम्बूको उम्मेदवारी घोषणा भएको छ। लिम्बू हालकी कार्यसमिति सदस्य हुन् भने पदाधिकारीमा उम्मेदवार बन्ने उनी एक्ली महिला हुन्।

सदस्य पदमा अधिकांश नयाँ अनुहारलाई स्थान दिएको लोकतान्त्रिक प्यानलमा दमक जेसिजको अध्यक्ष भएर छोटो समयमा तालिम केन्द्र लगायतका योजना कार्यान्वयनमा ल्याएका जेसीजका निवर्तमान अध्यक्ष तथा दमकका लोकप्रिय युवा व्यवसायी चन्द्र खत्री, संघको सदस्य भई सकेका नविन अग्रवाल सहित ऊर्जाशिल र जुझारु युवा व्यवसायी तुलसीराम तिम्सिना, रुद्र दाहाल (रुपक), सञ्जित रौनियार र सुरज लिम्बू चुनावी मैदानमा छन्।

यस्तै वस्तुगत सदस्यतर्फ सामाजिक एवं होटल व्यवसायका क्षेत्रमा स्थापित मोहन ढकाल, अनुभवि व्यवसायी तिलक डाँगी एवं लोकप्रिय युवा व्यवसायी प्रकास नेपाल, भेनष श्रेष्ठ र रुवल अधिकारी मतदाताको मन जित्ने प्रयासमा छन्। दिलू सुव्वा राई र सुष्मा निरौला न्यौपाने जस्ता जुझारु महिला महिला सदस्यको उम्मेदवार भएका छन् भने लेखा समिति सदस्य भएर काम गरि सकेका प्राज्ञिक युवा पारसमणि आचार्य संयोजकको रुपमा भोट मागि रहेका छन्।

यस्तै लेखा समिति सदस्यमा कार्यसमिति सदस्यको अनुभव भएका कृष्णराज दाहालसँगै लोकप्रिय युवा व्यवसायी दीपेन्द्र तिवारी चुनावी प्रतिष्पर्धामा रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.