|
फाइल फोटो

सिन्धुली : बिपी राजमार्गमा संचालन हुने सवारी साधानबाट घुस रकम लिँदै आएका एक ट्राफिक प्रहरी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिन्धुलीको नेपालथोक ट्राफिक प्रहरी चौकीका असइ श्याम माझीलाई पक्राउ गरेको हो।

असइ माझीलाई बिपी राजमार्ग भएर गुड्ने गाडीसँग घुस रकम लिँदै गरेको अवस्थामा घुस रकमसहित शनिबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

अख्तियारको टोलीले माझीलाई घुस रकमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्र बहादुर सिंहले पुष्टि गरे। ‘ट्राफिक चेकजाँचका बेलामा राजधानी काठमाडौंबाट पुर्वी तराईतर्फ गइरहेका सवारी साधानबाट घुस लिँदै गर्दा उनलाई टोलीले पक्राउ गरेको हो। उहाँलाई टोलीले शनिबार पक्राउ गरेर कार्यालय लगेको छ। अख्तियारले उनीमाथि थप अनुसन्धान अगाडि बढाउछ’ उपरीक्षक सिंहले भने।

नेपालथोक चेकपोष्टमा लामो समयदेखि कार्यरत ट्राफिकका असइ माझीले राजधानी काठमाडौंबाट पूर्वी तराईका जिल्ला जाने पाँच वटा गाडीबाट दुई हजार रुपैयाँको दरले रकम उठाएको पाइएपछि उक्त रकमसहित माझीलाई अख्तियारले पक्राउ गरेको हो।

शनिबार साँझ ६ बजे १० हजार घुस रकम लिँदै गर्दा अख्तियारको केन्द्रीय कार्यालयबाट आएको टोलीले पक्राउ गरेको उपरीक्षक सिंहले जानकारी दिए।

बिपी राजमार्गमा अहिले साँझ ९ बजेसम्म यात्रु बोक्ने सार्वजनिक सवारी साधान र निजी सवारी साधानलाई गुड्न दिने गरिएको छ भने मालबाहक सवारी साधनलाई राति ९ बजेदेखि बिहान ६ बजेसम्म संचालन अनुमति दिने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.