|

काठमाडों : नेपाली राष्ट्रिय फुटबल टिम विश्वकप छनोट अन्तर्गत दोस्रो खेलमा आज चाइनिजि ताइपेईको सामना गर्दै छ। ताइपेईविरुद्ध पनि अवे खेलमा रहेको नेपाल सम्यमित हुनु पर्ने चुनौती रहेको छ। कुवेतसँग अनपेक्षित रुपमा ७–० ले पराजित भएपछि ताइपेईविरुद्ध प्रशिक्षक योहान कालिनमाथि नेपाललाई ट्रयाकमा फर्काउने चुनौती छ।

नेपाली राष्ट्रिय फुटबल टिमले चाइनिजि ताइपेईविरुद्ध अहिलेसम्म एकपटक मात्र प्रतिष्पर्धा गरेको छ। गत ६ जनुमा काओसिउन्ज स्थित नेशनल स्टेडियममा भएको मैत्रिपुर्ण खेलमा नेपालले १–१ गोलको बराबरी खेलेको थियो। प्रतियोगितात्मक रुपमा यी दुई टीमको पहिलो भिडन्त हो।

मैत्रिपुर्ण खेलमा अभिषेक रिजालले बराबरी गोल गर्दे नेपालको हार टारेका थिए। फिफा बरियतामा ताइपेई नेपाल भन्दा निकै अघि रहेको छ। ताईपे वरियताको १ सय २५ औ स्थानमा रहँदा नेपाल १ सय ६६ औ स्थानमा छ।

प्रदर्शन सुधार्छौ

नेपाली टीमका प्रशिक्षक कालिनले कुवेतविरुद्धको निरासाजनक नतिजालाई सुधार्ने बताए। उनले भने ‘कुवेतविरुद्ध अप्रत्यासितरुपमा हामीले सुरुवातबाटै गोल खान पुग्यौं। उक्त खेलमा भएका कमजोरीलाई ताइपे विरुद्ध सुधार्ने छौं।’ उनले ताइपेईलाई कमजोर टिमका रुपमा नलिने बताए ‘धेरैले ताइपेईलाई कमजोर टिमका रुपमा लिने गरेका छन्। उसको बरियाता र प्रदर्शन निकै उत्कृष्ट रहेको छ। त्यसैले हामीले कमजोर आँकेर मैदानमा प्रवेश गर्ने छैनौं।’ कालिनले थपे ‘तर हामी हाम्रो आफ्नो खेलको ट्रयाकमा फर्कदै अंक लिने लक्ष्यमा हुने छौं।’

ताइेपेईका प्रशिक्षक लुईस लन्कास्टरले नेपालविरुद्धको खेल जित्नुको विकल्प नभएको बताए। उनले भने ‘हामीले हाम्रो तर्फबाट उत्कृष्ट प्रदर्शन गर्नु पर्ने छ। यदि हामीले जित निकाल्न नसकेमा छनोटबाट बाहिरिए समान हुने छ।’ उनले अब पछि फर्कने समय नभएको भन्दै अघिल्ला खेलहरुमा जित निकाल्नुको विकल्प नभएको बताए। ‘अब हामीलाई पछि फर्कने समय छैन् । अघिल्ला खेलहरुमा नतिजा निकाल्नुको विकल्प हामीसँग हुन्न।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.