निजगढ विमानस्थलमा लगानी गर्न पर्यटनमन्त्रीको आग्रह

|

काठमाडौं : सरकारले इयुको कालोसूचीबाट नेपाललाई हटाउनको लागि निरन्तर वार्ता गरेको जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निरन्तर वार्ता जारी राखिएको जनाएका हुन्। 

'युरोपेली संघसँग निरन्तर वार्ता अघि बढाइएको र चाँडै नै निष्कर्षमा पुगिने छ' बुधबारदेखि सुरु भएको नेपाल पूर्वाधार सम्मेलनमा मन्त्री भट्टराईले भने। देशले सन् २०२० लाई पर्यटन वर्षको रूपमा घषणा गरेको अवस्थामा इयुको कालोसूचीले नकरात्मक असर पर्ने विज्ञहरूले बताएका छन्। सरकारले सन् २०२० अघि नै कालोसूचीबाट हटाउनको लागि पहल भएको दाबी गरे पनि प्रगति त्यस्तो देखिएको छैन। 

पूर्वधार सम्मेलनको क्रममा मन्त्री भट्टराईले  वैदेशिक लगानीका लागि नेपाल अहिले सबैभन्दा उपयुक्त गन्तव्य भएको दाबी गरेका छन्। भट्टराईले नेपालका सबै राजनीतिक दलहरू विकासको मुद्दामा एकैठाउँमा उभिएकाले वातावरण राम्रो देखिएको बताएका हुन्।  

उनले अबको पाँच वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तयार हुने बताएका उनले यसका लागि ठोस रूपमा प्रक्रिया अघि बढिसकेको उल्लेख गरेका छन्। त्यस्तै उत्तरदक्षिण दुवै मुलुकसँग विभिन्न नाकाको स्तरोन्नति गर्ने र नयाँ नाका खोल्ने तथा पूर्वपश्चिम जोड्ने चारवटा राजमार्गहरूको निर्माण अघि बढाएकाले यातायात क्षेत्रमा ठूलो सुधार हुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.