|

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद तथा पूर्वमन्त्री जनार्दन शर्मा प्रभाकरले नागरिकतामा विदेशी बुहारीलाई भन्दा ज्वाइँलाई कडाइ गर्न आग्रह गरेका छन्। 

उनले अंगीकृत नागरिकतामाथि कडाइ गरिनुपर्ने बताउँदै नेपालीसँग बिहे गरेर आउने विदेशी बुहारीलाई भन्दा ज्वाइँलाई कडाइ गरिनुपर्ने बताए। 

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकमा नागरिकतासम्बन्धी विधेयकमा बोल्दै उनले भने, ‘अंगीकृत नागरिकतामा विदेशी बुहारीलाई भन्दा विदेशी ज्वाइँलाई कडाइ गरिनु जरुरी छ।’ 

अहिले रहेका व्यवहारिक समस्यालाई हल गर्नुपर्ने बताउँदै शर्माले कानुन बनाउँदा व्यवहार बिर्सिएर भावनामा बग्न नहुने पनि उनले प्रष्ट पारे। ‘हामीले नागरिकताबारे कडा व्यवस्था गरेर जानुपर्छ’, उनले भने। 

नागरिकताको मुद्दालाई रणनीतिकरुपमा पनि हेर्नुपर्नेमा उनले जोड दिए। ‘नागरिकताको कुरालाई रणनीतिक रुपमा हेर्नुपर्छ’, उनले भने, ‘सात वर्षमै नागरिकता दिने व्यवस्था गरौँ। बुहारीलाई भन्दा जुवाइँलाई कडा गरौँ।’

त्यसैगरी नेकपाका अर्का सांसद नवराज सिलवालले नागरिकतको सवालमा संसदीय मर्यादा पनि राखेर जानुपपर्नेमा जोड दिए। ‘संसदले कानुन बनाएर जाने हो। विदेशबाट आउनेलाई भोली नै नेता बन्ने अवस्था दिनु हुँदैन’, उनले भने, ‘सांस्कृतिक, सामाजिक अधिकार दिऊँ तर नागरिकताको प्रावधानमा कडाइ गरेर जाऊँ।’
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.