१ दर्जन प्रहरी घाइते

|

रौतहट : रौतहटको राजपुर नगरपालिका ८ कुडिया बजारमा २९ राउण्ड हावाइ फायर र ३० राउण्ड टियर ग्याससहित ५८ राउण्ड गोली चलेको छ।

बुधबार मुस्लिम समुदायको मुहरर्म पर्व मनाउन गएका युवाले हिन्दुहरूले मनाउने पर्व छठको स्थानमा क्षति पुर्‍याएपछि भएको बिवादले आज पनि सो क्षेत्र तनाब ग्रस्त रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नबिन कार्कीले जानकारी दिएका छन्। अहिले सो क्षेत्र तनाब ग्रस्त छ। 

बुधबार साझ पनि झडपलाई नियन्त्रणा लिन प्रहरीले ८ सेल अश्रु ग्याससहित २९ राउन्ड हवाई फायर गर्नु परेको डिएसपी कार्कीले जानकारी दिए। झडपको क्रममा करिब १ दर्जन प्रहरी घाइते भएका छन् भने प्रदर्शनकारी पनि घाइते भएका छन्।

बिवाद समाधान गर्ने उद्देश्यले छठ घाटमा मुस्लिम समुदायले लगाएको झण्डा आफैले हटाएको राजपुर नगरपालिकाका नगर प्रमुख सकिल अख्तरले बताए। तर पनि राजनीतिकारण हुनु दुर्भाग्य हुन पुगेको उनको भनाइ रहेको छ। आपसी सदभाव कायम गर्ने उद्देश्यले बुधबार साझ नै सबै बसेर सल्लाह गरी बिवाद नगर्ने निर्णय गरेको पनि उनले बताए।

अहिले सो क्षेत्रमा थप शसस्त्र प्रहरीको बल पुगेको छ। हाल सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रत्येक वर्ष त्यस ठाउँमा मुस्लिमको पर्व मुहरर्म र हिन्दुहरूको पर्व झण्डी मनाउने क्रममा झडप हुँदै आएको छ। राजपुर नगरपालिका भारतीय सिमानासँग जोडिएकोले पनि त्यहाँको अवस्था बढी तनावग्रस्त हुने गर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.