|

धनगढी : कैलालीमा नदिले बगाउँदा एक जनाको ज्यान गएको छ। कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको काडा नदिले बगाउँदा बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का १९ बर्सिया विशेष डगौराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

राम जानकी सामुदायिक वनमा च्याउ खोज्न गएका डगौरा घर फर्किदा नदी तर्ने क्रममा बगेर बेपत्ता भएका थिए। प्रहरी, जनप्रतिनिधि र स्थानीयहरूको दिन भरी नै खोजिकार्य जारी राखेका थिए।

बेपत्ता भएको ७ घण्टा पछि उनको शव जोशीपुर गाउँपालिका २ मा पर्ने घुस्री घाटमा फेला परेको इलाका प्रहरी कार्यालय बौनियाका प्रमुख प्रहरी निरीक्षक ध्रुवबहादुर विष्टले जानकारी दिए।

एक जनाको उद्धार

बिहीबार नै बर्दगोरिया गाँउपाकिा १ कट्टीपुरमा सोही नदिले एक जनालाई बगाएको छ। नदीमा बगेको दाउरा तान्ने क्रममा स्थानीय विष्णुबहादुर बमलाई नदिले बगाएको थियो। स्थानीयको सक्रियतामा करिब १ किलो मिटरको दूरीबाट उनको उद्धार गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.