|

पर्सा : पर्साको वेल्वाप्रसौनीमा रहेको सामुदायकि विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापकसहित ६ जनालाई फेरि अख्तियारको टोलीले एक लाख रकम घुस लिँदै गर्दा वीरगन्जबाट रकमसहित पक्राउ गरेको छ।

वीरगन्ज महानगरपालिका-३१ को ग्रामीण क्षेत्रमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय वेल्वा, प्रसौनीका प्रधानाध्यापक, सहायक प्रधानाध्यापकसहित ६ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाको टोलीले शुक्रबार साँझ  पक्राउ गरेको हो।

करारमा विद्यालयमा शिक्षक भर्ना गर्न १ लाख रकम खुस लिँदै गर्दा वीरगन्ज महानगरपालिका-८ लिंकरोड पछाडि गल्लीमा रहेको चिया दोकानबाट पक्राउ गरिएको छ।

पक्राउ पर्नेहरूमा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय वेल्वा प्रसौनीका प्रअ सचिन्द्र कुमार कापर, सहायक प्रअ मनिर मियाँ, शिक्षक सुरेश महतो, विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय जन्मिल मियाँ र इलियास मिया रहेका छन्।

त्यसैगरी, विद्यालय व्यवस्थापन समिति सदस्य सकिना खातुनका श्रीमान् नजमुद्दीन देवान पनि श्रीमतीको प्रतिनीधित्व गर्दै करारमा शिक्षक नियुक्ति गरिदिने भन्दै खुस रकम बुझ्न आउने टोलीमा सहभागी भएको फेला परेको अख्तियारको टोलीका सदस्यहरूले बताए। 

पक्राउ परेका ६ जनालाई नै थप अनुसन्धान र कार्वाहीको लागि साँझ अख्तियारको क्षेत्रीय कार्यालय हेटौँडामा लान लागिएको अख्तियारको क्षेत्रीय कार्यालयका सूचना अधिकारी वेदकुमार राईले बताए।

अख्तियारको टोलीले जिल्ला प्रहरी कार्यालय पर्साको नागरिक सहायता कक्षमा कार्यरत प्रहरी जवान गम्भिरा साह तेलीलाई पक्राउ गरेको ४ दिन बित्न नपाउँदै फेरि विद्यालयका जिम्मेवार व्यक्तिहरूलाई अख्तियारको टोलीले पर्साबाटै पक्राउ गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.