|

काठमाडौं : याक्थुङ लेखक संघ, उपत्यका समितिको आयोजनामा लिम्बू कविहरु सम्मिलित कविता वाचन कार्यक्रम ‘कविता तङसिङ–२०७६ सम्पन्न भएको छ।

शनिबार राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा सहभागी कविहरुले लिम्बुवानी इतिहास, कला र संस्कृतिमा आधारित पहिचानवादी कविताहरु वाचन गरेका थिए। 

कार्यक्रममा हाङयुग अज्ञात, बिमला तुम्खेवा, स्वप्निल स्मृति, प्रकाश थाम्सुहाङ, चन्द्रवीर तुम्बापो, प्रकाश आङ्देम्बे, मुनाराज सेर्मा, राज माङ्लाक, देवेन्द्र सुर्केली, सुन्दर कुरुप, प्रदीप मेन्याङ्बो, संगम सुहाङ, साङ्सेन वारक, मधु केरुङ, विष्णु नेम्बाङ, अप्सरा लावती, रञ्जना लिङ्देन, उत्तम लिम्बू, रोहित आङबो, सीता तुम्खेवा, शनि लिम्बू र बच्चु हिमांशुको कविता वाचन गरेका थिए।

कार्यक्रमको तुम्याङको रुपमा बैरागी काइँला, अभि सुवेदी, बालकृष्ण माबुहाङ, येहाङ लावती, श्रवण मुकारुङ, योगराज वनेम, इन्दिरा याक्थुङ्बा, अमर तुम्याहाङ र निरन्ती तुम्बापो रहेका थिए।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले कविता तङसिङ् एउटा सुन्दर अवधारणाको रुपमा सुरु भएको बताए। त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक बालकृष्ण माबुहाङले तङसिङको सांस्कृतिक पक्षबारे मन्तव्य दिए । 

ब्लिस म्युजिकको सहकार्यमा रैथाने सङ्गीत समूहको पार्श्वसङ्गीत रहेको उक्त अन्प्लग्ड कवितावाचन कार्यक्रमको सङ्गीत संयोजन समूहकी संस्थापक झूमा लिम्बूले गरेकी थिइन्। बीचमा कलाकार तथा गायक यासेली योङ्हाङको प्रस्तुति पनि थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.