|

सल्यान : जिल्लाको शारदा नगरापालिका-५ मा रहेको रानिकोट हिमदर्शन पार्क पर्यटकीय गन्तव्य बन्दै गएको छ। खुल्ला आकासमा बेको पार्क पछिल्लो समय पर्यटकीय गन्तव्यको रूपमा परिचित बन्न थालेको हो।

अन्य विभिन्न पार्कभन्दा यो पार्क निकै रमणीय तथा जंगलको बीचमा भएकाले पर्यटकहरूको आकर्षणको केन्द्रको रूपमा परिचित बन्न थालेको हो। पार्कबाट सदरमुकाम खलंगा, श्रीनगर बजार, खैरावाङ मन्दिर लगायतका स्थानको अवलोकन गर्न सकिन्छ। 

पार्कमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको मुख्य गन्तव्य बनेको  नागरिक अगुवा माधव सिंह ठकुरीले बताए। केही समय अघिसम्म अम्रैचौरको रुपमा रहेको क्षेत्र आजभोलि हिम दर्शन पार्कको रुपमा विकसित भएको छ। पार्कनजिकै एक सानो मन्दिर रहेको र प्रत्येक वर्षको भाद्र २७ गते ठूलो मेला लाग्ने ठकुरीले बताए।

यस क्षेत्रलाई पर्यटकहरुको गन्तव्यको रुपमा विकास गर्न साविक जिल्ला वन कार्यालयको आठ लाख र जनश्रमदान एक लाख गरी ९ लाखको लागतमा पार्क, खानेपानी, शौचालय प्रतीक्षालय निर्माण गरिएको छ।

पहाडको मनोरम दृश्यसँगै हरियाली बनहरूको सौन्‍दर्यले भरिपूर्ण पार्क यहाँ  आएका आगन्तुहरूले एकपटक हेरेरै फर्किने गरेका छन्। पार्कसम्म सडक पुगेका कारण आवतजावतका लागि सवारीसाधनमा कुनै समस्या नरहेको स्थानीयवासीहरूले बताउने गरेका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.