|

काठमाडौं : महालक्ष्मी विकास बैंकले एक सय वटा शाखा विस्तार गरेको छ। कोटेश्‍वरमा नयाँ शाखा संचालनमा ल्याएसँगै एक सय पुगेका हुन्। 

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले ग्राहकको आवश्‍यकता पूर्ति गर्न शाखा विस्तारको अभियानमा रहेको बताए। उनले बैंकका सेवालाई थप परिमार्जित गर्ने प्रतिबद्धता समेत जनाएका छन्। 

सोमबारदेखि कोटेश्‍वरमा संचालनमा आएको शाखाको उद्घाटन राष्ट्र बैंकका कार्यकारी निर्देशक ऋषिकेश भट्टले गरेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.