|

चितवन : चितवनको पहाडी इलाकामा ठूलो क्षेत्रफलमा लगाएको गाँजा खेती प्रहरीको टोलीले नष्ट गरेको छ। 

राप्ती नगरपालिका–१२ को विभिन्न स्थानहरुको सात बिघा क्षेत्रफलमा लगाएको गाँजा खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। यस्तै, एक कठ्ठा क्षेत्रफलमा लगाएको गाँजाको बेर्ना पनि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए। 

गाँजा खेती नष्ट गर्नुका साथै अवैध लागु औषध कारोबार र अन्य अपराधिक गतिविधिहरुबारे निगरानी तथा विभिन्न सम्भावित स्थानहरुको खोजी गरिरहेको प्रवक्ता कोइरालाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.