नाफा हुने क्षेत्रमा उडान भर्न आग्रह

|

काठमाडौं : नेपाल वायुसेवा निगममा सुधार ल्याउने गरी सुझाव दिन बनाएको पाँच सदस्यीय कार्यदलले नाफा हुने क्षेत्रमा उडान भर्नका लागि अझै २ ठूला जहाज किन्‍न सुझाव दिएको छ। 

समितिका संयोजक पूर्वसचिव सुशील घिमिरेले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई बुधबार आफ्नो प्रतिवेदन बुझाउने क्रममा दुई ठूला एयर बस भित्र्याउन सुझाव दिएका हुन्।

समितिले प्रतिवेदन बुझाउँदै आर्थिकरुपमा जर्जर रहेको निगमलाई सुधार गरेर अघि बढाउन रणनीतिक साझेदार भित्र्याउन पनि सुझाव दिएको छ। 

'अष्ट्रेलियाको सिड्नी लगायतका क्षेत्रमा नाफा हुने क्षेत्रमा उडान थप्नको लागि दुईवटा एयरबस ३२० ल्याउनु पर्ने जरुरी छ', समितिले सरकारलाई दिएको सुझावमा भनिएको छ, 'जहाज किन्‍न धेरै समस्या छ । दुई किसिमका जहाज राख्नु हुँदैन। कम्तीमा आठ नौवटा एउटै किसिमका जहाज निगमले ल्याउनुपर्छ।'

निगमलाई बलियो बनाउन जहाज किन्‍नुअघि खरिद 'नेगोसियसन'का विशेष टोली बनाउनु पर्ने सुझाव समितिले दिएको छ। नेकपा नेता भट्टराई पर्यटन मन्त्री भएपछि गत साउन २२ गते वायु सेवानिगम सुधार समिति गठन गरेका थिए।

निगमसँग अहिले अहिले ट्वीनअट्टर, एयरबस, वाइ १२, एम ६० सहित नौवटा जहाज रहेका छन्। निगमको वाइड बडीको लामो दुरीको उडान टुंगो नलागेकाले भारत र खाडी मुलुकमा मात्रै उडान भरिरहेको छ। निगमको एयर बसले लामो दुरीको रुट अन्तर्गत जापानमा साताको दुई उडान भरिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.