संविधान दिवसविपरीत कार्यक्रममा प्रदेश सरकार मन्त्री

|

पर्सा : प्रदेश २ सरकारका मुख्यमन्त्री लगायतका मन्त्रीहरू संविधान दिवस नमनाइइत्तर कार्यक्रममा सहभागी भइरहेको समयमा मधेश आन्दोलनको मुटु पर्सामा भने भव्य रूपले संविधान दिवस मनाइएको छ। मधेश आन्दोलनको मुटु पर्साको वीरगन्जमा संविधान दिवस मनाइरहेको समयमा प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउत गद्दीलगायतका मन्त्रीहरू भने जनकपुरमा संविधान दिवसइत्तर कार्यक्रममा सहभागी भएका छन्।

संविधानको धारा, उपधारमा नै टेकेर सत्ताभोग र अर्थलाभमा प्रदेश २ सरकारका मन्त्रीहरू बने पनि उनीहरू भने ‘नेपालको संविधान २०७२ मा जनताको अवधारणा, राष्ट्रिय बहस र मन्थन २०७६' को कार्यक्रममा अल्मलिएका छन्। संविधान निर्माण भई त्यही संविधानअन्तर्गत सत्ताभोग गरिरहेका मधेशवादी दलको नेता कार्यकर्ता भने बल्ल यो संविधानको राष्ट्रिय बहस र मन्थनमा जुटेका हुन्। 

यता पर्सामा संविधान दिवस मनाउनेहरू भने ठूलो संख्यामा वीरगन्जको घण्टाघर छेउको बिपी उद्यानबाट र्‍यालीमा सहभागी भई वीरगन्ज नगरको परिक्रमा पछि सोही ठाउँमा पुगेर सभामा सहभागी भएका छन्। र्‍यालीमा नेकपाका नेता कार्यकर्ता र नेपाली कांग्रेसका नेता कार्यकर्ता आफ्ना झण्डासहित सहभागी भए। स्थानीय विभिन्न शैक्षिक संस्थामा आबद्ध शिक्षक, विद्यार्थी, वित्तीय संस्थामा आबद्धदेखि सर्वसाधारण र कर्मचारी तथा  सुरक्षाकर्मीहरूको ठूलो उपस्थिति रहेको थियो।

मधेशवादी दलमा हुनेहरूले त्यहि संविधानको धारा, उपधारामा सत्तामा रजाइँ गरेर संविधान दिवस नमनाए झै संविधान दिवस मनाउनेहरूले पनि गणतन्त्र प्राप्तिका लागि जीवन उत्सर्ग गर्ने शहीदहरूको भने फोटो पनि कार्यक्रममा नराखी उपेक्षा गरे। मधेशी शहीदहरूको फोटो ल्याई उनीहरूले त्यो फोटोमा माल्यार्पण गरी सभाको सुझारम्भ गरे। मधेश आन्दोलनका क्रममा ६ महिना लामो लगातारको बन्दी आन्दोलनलाई भरथेग गर्ने वीरगन्जले राष्ट्रिय पर्वका रूपमा संविधान दिवस भव्य रुपले मनाएको छ।

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.