बर्दिया : आज असोज ३ अर्थात् संविधान दिवस। २०७२ साल असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर बर्दियासहित देशभर संविधान दिवस मनाइएको छ।
संविधान दिवसका अवसरमा बर्दियामा ४१ वटा सामुदायिक र सस्थागत विद्यालयका विद्यार्थीहरुले शैक्षिक सामाग्री प्रदर्शन गरेका थिए। ठाकुरबाबा नगरपालिकाका ४१ वटा विद्यालयहरु उक्त शैक्षिक मेलामा सहभागी भएका हुन्। शैक्षिक सामग्री प्रदर्शनीमा सहभागी विद्यार्थीको मूल्यांकन गरि पुरस्कारसमेत प्रदान गरिएको छ।
जसमा त्रिभुवन माद्यामिक विद्यालय भुरिगाउँ प्रथम, भेरी पब्लिक शिक्षालय भुरिगाउँ द्वितीय, हिमालय आधारभूत विद्यालय मिर्चैया तृतीय भएका छन। संविधान दिवसलाई शैक्षिक महोत्सवका रूपमा मनाइएको हो।
दिवसका अवसरमा विभिन्न विद्यालयले आफ्ना मौलिक कलासंस्कृति प्रस्तुत गर्ने अवसर पाएको ठाकुरबाबा नगरपालिकाका नगरप्रहुख घननारायण श्रेष्ठले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।