|

मुगु : हिमाली जिल्ला मुगुमा संविधान दिवसको अवसरमा तीन राजनैतिक पार्टीले सुयंक्त रूपमा संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाएका छन्। नेपाल कम्यनिुष्ट पाटी नेकपा, नेपाली कांग्रेस र समाजवादी पार्टीका नेता तथा कार्यकर्ताले मुगु सदरमुकाम गमगढीमा सविधान दिवसको अवसरमा देउडाखेललगायतका कार्यक्रम गरी सविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रूपमा मनाएका हुन्।

संघीय लोकतन्त्र गणतन्त्र स्थापाना गर्नमा सबै राजनीतिक पार्टीको अहम भूमिका रहेको नेकपाका नेता जीतबहादुर मल्लले बताए। नेपालको विश्वकै उत्कृष्टि सविधान रहेको भन्दै कार्यान्वयनमा केही त्रुटि भए पनि यसको कार्यान्वय विस्तारै हुने र सबै राजनीतिक पाटीले कार्यान्वनमा जोड्दिन आवश्यक रहेको नेता मल्लले बताए।

नेपाली जनताको संर्घषपूण बलिदानले संविधान निमार्ण भएकोले यसको कार्यान्वयनतिर लाग्नुपर्ने नेपाली कांग्रेस मुगुका सभापति खड्कबहादुर शाहीका बताए। मुगुमा सविधान दिवसको अबसरमा देउडाखेल, वक्तित्वकला, दीपावली, बजार सरसफाइ, प्रभातफेरिलगायत विभिन्न कार्यक्रम गरी चौथो सविधान दिवस मनाइएको छ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ जिल्ला समारोह समितिका संयोजक जिल्ला समन्वय समितिका संयोजक पूर्णबहादुर रोकायाको अध्यक्षतमा भएको संविधान दिवस कार्यक्रममा पूर्व शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्ल, पूर्वभूमिसुधार राज्यमन्त्री मानबहादुर शाही, छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजङ्ग शाहीलगायत राजनीतिक पार्टी, कर्मचारी, पत्रकार, शिक्षक, विद्यार्थीको सहभागीता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.