|

जोर्डनमा जारी एएफसी यु-१६ फुटबल च्याम्पियनसिप छनोटमा नेपाल तेस्रो खेलमा दोस्रो हार ब्योहोर्न बाध्य भएको छ। शुक्रबार भएको खेलमा नेपाल ताजिकिस्तानसँग ७–० गोल अन्तरले पराजित हुँदा प्रतियोगिताको अघिल्लो चरण सम्भावना समाप्त भएको हो। प्रतियोगिताको शीर्ष टोली छनोट हुनेछन्।

अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा पहिलो हाफमा ४–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप तीन गोल खान पुगेको थियो। जितसँगै ताजिकिस्तानले अपराजित यात्रा कायम राखेको छ। ताजिकिस्तानले तीन खेलबाट नौ अंक जोडेको छ। तीन खेलमा दुई हार व्यहोरेको नेपालको एक अंक छ।

यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७–० ले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको थियो। छनोटको समूह ‘ए’ मा रहेको नेपालले अब अन्तिम खेलमा आइतबार श्रीलंकाको सामना गर्ने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.