|

सोलुखुम्बुः सोलुदुधकुण्ड नगरपालिकाको सल्लेरी बजार क्षेत्रमा सडक निर्माणको काम अलपत्र अवस्थामा छोडिएको छ। ठेकेदार कम्पनीले समयमा निर्माण नगर्दा स्थानीयलाई आवतजावतमा समस्या थपिएको हो।

सडक स्तरोउन्नतिको क्रममा खनिएका खाल्डो तथा फलामका रडहहरु लामो समयसम्म लथालिङ्ग छोडिदा नगरिकहरुले जोखिमयुक्त यात्रा गरिरहेका छन्। वर्षाको समयमा काम स्थगीत भएको थियो। निर्माण कम्पनीले लथालिङ्ग अवस्थामा छाडिएको स्थानीय बताउँछन्।

२०७५ माघ ७ गते १८ महिनामा काम सक्ने गरि उद्घाटन गरिएको सडक निर्माणको कुल लागत रु. ६ करोड रहेको छ। जिरो प्वाइन्टदेखि सल्लेरी सम्मको एक किलोमिटर सडक निर्माण सकिने म्याद भएपनि नागरिकको समस्यालाई ध्यान नदिएको स्थानीय ध्रुव कार्कीले बताए।

सडककै कारण दुर्घटना

सडक निर्माणको जिम्मा खानी ब्राइट र नेशनल जेभिले सयुक्त रुपमा लिएका हुन्। जिल्ला प्रशासन कार्यालय देखी वडा नम्बर ६ तर्फ आउँने मुख्य सडकको अवस्था हेर्ने जोकोहीले निर्माण कम्पनी देखी नियमनकारी निकाय समेत नहुदाँ काम गर्न नसकेको स्थानीय मनिकुमार राईले बताए। ' ठाउँ-ठाउँमा खुला नाली, ठूला- ठूला खाल्डो र त्यस माथी ढलानको क्रममा निस्किएको रडहरु जताततै देख्न सकिन्छ,' राईले भने,' जोखिमपुर्ण छ भन्ने सबैलाई थाहा छ, तर पनि यात्रा गर्नु हाम्रो बाध्यता हो।'

निर्माणको काम नहुदाँ सहज रुपमा आवत जावत गर्न नसकेको स्थानीय अस्मीता राईले बताइन्। दुवै कामको काम सम्पन्न नहुँदा गर्भवती महिला र बालबालीकालाई बढी समस्या हुने उनको भनाइ छ। ' बजार क्षेत्रको बाटो दैनिक सयौ यात्रु ओहोर दोहोर गर्छन्,' राईले भनिन, ' विद्यालय समयमा सयौ बालबालीका हिड्छन्, त्यतीबेला त असहज मात्रै होईन दुर्घटना समेत हुनेगरेको छ।'

 समयमा सडकको निर्माण नहुँदा नालीमा परेर एक बालकको हात भाच्चिएको आमा पेमा शेर्पाले बताईन्।' बच्चा रोयो किन होला भनेर बाहिर हेर्दा कतै मान्छे देखिन्दैन,'उनले भनिन्, 'कता हो भनेर राम्रोसँग हेर्दा त ढलको लागि खनेको खाल्डो भित्र पसेछ, निकालेर त ल्याइयो तर हात  भाच्चिएको रहेछ।' दैनिक जसो सानातिना घटना घटेपछि स्थानीय नागरिक आक्रोसीत भएका छन्।

' निर्माण कार्यको थालनी भएपनि समयमा सम्पन्न नहुँदा हिड्डुलको लागि अप्ठयारो अवस्था भएको छ,' स्थानीय व्यापारी कृष्ण निरौलाले बताए। म त धेरै पटक लडिसके खासै ठुलो चोटपटक नलागेको उनको भनाइ छ। तर, केही दिन अगाडी जुबु घर भन्नुहुन्थ्यो एक जना गर्भवती महिला लडेर खुट्टामा गहिरो चोट लाग्यो,' उनले भने,' मैले बिस्तारै डोर्‍याउदै प्रशासन नजिक सम्म लगेर  ट्याम्पुमा चढाएर फाप्लु पठाएको छु,यस्ता घटना घटीनै रहन्छ, तर प्रशासनको ध्यान जादैन।'

हरेक दिन प्रशासक, पत्रकार अनी राजनीतिक दलका जिम्मेवार व्यक्ति हिड्ने सडकमा न कतै बाटो बन्द गरिएका, निर्माण भईरहेको, या हिड्डुल गर्दा सावधानी अपनाउनुहोला लगाएतको शब्द लेखिएको बार्डनै देख्न सकिन्छ ? केबल जोखीम मोलेर मोटरसाइकल हिडीरहेका छन् भने यात्रु समेत उस्तै जोखीम मोलेर हिडिरहेको बताउँछन्।

वर्षाको कारण काममा ढिलाइ ठेकेदार कम्पनी

यस बिषयमा प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालले काम गर्नेक्रममा केही लापार्वाही गरेको बताए।उनले भने, 'प्रशासन कार्यालयले यस बिषयमा गम्भिर भएर सोचेको छ,' उनले भने,' ठेकेदारलाई तत्काल काम गर्नु भनेको छु, अब छिट्टै सहज यात्रा गर्न सकिने बातावरण बन्ला।'

त्यसैगरी, ठेकेदार कम्पनीले भने बर्खाको कारण काम गर्न नसकेको बताएको छ। बर्षाको कारण यस अघि लगाईएको पर्खाल समेत भत्कन थालिसकेको छ। त्यसैले यस सडकमा जोखीम मात्रै नभएर बेला-बेलामा घटना समेत घटिसकेको स्थानीयको भनाई छ। यस्तै हो भने,ठूला घटना पनि नघट्ला भन्न सकिन्न, त्यसैले यसतर्फ जिम्मेवार निकायको समयमा ध्यान जान आवश्यक रहेको स्थानीय प्रेम बहादुर बस्नेतले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.