|

बोस्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार सेप्टेम्बर २३ मा पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई र मंगलबार सेप्टेम्बर २४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्दैछन्। दुवै प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ७४औँ साधारण सभाका लागि अमेरिका आउने कार्यक्रम छ।

टेक्ससमा हुने लागेको 'हाउदी मोदी' कार्यक्रममा ट्रम्प-मोदी उपस्थित भए पनि औपचारिक भेट सेप्टेम्बर २४ मा हुन लागेको हो। 'हाउदी' भन्ने अंग्रेजी शब्द टेक्सस र दक्षिण भागमा बढी चलनचल्तीमा छ, जसको अर्थ 'हेल्लो' हो। 'हाउदी मोदी' मा दुवैले एक सभामा हजारौं भारतीय-अमेरिकीलाई सम्बोधन गर्नेछन्।

सेप्टेम्बर २४ मै ट्रम्पले संरासंघ सभामा सम्बोधन गर्नेछन्। सभाको समय सेप्टेम्बर १७:३० तोकिएको छ। संरासंघमा अहिले १९३ सदस्य छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.