काठमाडौं : गायक शीव परियारको स्वर रहेको गीत ‘भेट हुदाँ’को सार्वजनिक भएको छ।
उक्त गीतलाई शीव परियारको गीत ‘मंगली’को दोस्रो भाग ‘मंगली २’ को रुपमा लिइएको छ। उक्त गीतमा प्रहाल्द शाहको शब्द रहेको छ भने सोही गीतमा शंकर थापा ‘स्माइल’को सङ्गीत रहेको छ। ‘भेट हुदाँ’ बोलको गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् भने भिडियोमा ‘कार्टुन क्रुज’का दुई मुख्य कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ।
भिडियोमा गम्भिर विष्टको नृत्य निर्देशन रहेको छ भने बुद्ध थापाले खिचेका हुन्। विकास ज्ञावलीले सम्पादन रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।