|

मुगु : सरकारले भ्रमण वर्ष २०२० भव्‍य रूपले मनाउने लक्ष्य राखेको छ। तर, भ्रमण वर्ष २०२० को मुख्य आकर्षणको केन्द्र रारा आउने सडक दुई महिनादेखि बन्द छ।

त्यसको मर्मतमा कुनै सरकारले चासो दिएका छैनन्।  रारा आउने पर्यटकले राराको प्रचार भन्दा पनि खिल्ली उडाउने गरेका छन। रारा पुग्नको लागी भरपर्दो सडक नहुदाँ र रारा मा बस्नको लागी भौतिक पुर्वधारको ब्याबस्था नहुँदा रारा आउने पर्यटकले सास्ती खेप्नु परेको छ। कर्णाली राजमार्ग अन्तरगतको नाग्म गमगढी रारा जोड्र्ने सडकको स्तर उन्नितमा तिन सरकारको तालमेल नहुदाँ सडक ओझेलमा परेको छ।

नाग्म गमगढी ९३ किलोमिटर छ। रारा जोड्ने सडक संघिय सरकारको माताहतमा पर्ने भएकाले प्रदेश सरकारले काम अघि बढाउन नसेको एक हप्ता अघि मुगु पुगेकी कर्णाली प्रदेश कृषि सहकारी तथा भुमि ब्याबस्था मन्त्री विमला केसीले बताईन।

 यो सडकको स्तर उन्नती नहुदाँ रारा आउने पर्यटकले दुख पाएका छन। थाहा छ तर के गर्ने कि प्रदेश लाई जिम्मा दिनु प¥यो हामि काम गछौ। हैन भने सघिय सरकारले तत्काल काम अगि बढाउनु पर्छ।

रारा आउने मुख्य बाटो  नाग्म गमगढी सडक भएकाले तत्काल सघिय सरकारले स्तरउन्नती गरेर पिच गर्नु पर्ने हुन्छ। होईन भने प्रदेश सरकारलाई जिम्मा दिनुहोस प्रदेश सरकारले सडक बनाउछ।

काम पनि नगर्ने समन्वय पनि नगर्ने भएका कारण सडक ओझेलमा परेको र रारा आउने पर्यटकले सस्ती खेप्नु परेको मन्त्री केसीको भनाई छ।

रारा पुग्ने मुख्य सडक अबरुद्ध हुदाँ भ्रर्मण बर्ष २०२०लाई प्रभाव पर्ने पर्यटन ब्याबसायिहरु बताउछन। सडक भरपर्दो नुहदाँ रारा एक पटक आईसकेका पर्यटक पुन रारा आउन नमान्नुमा  सडकनै मुख्य तकारो भएको भ्रर्मण बर्ष २०२० कर्णाली प्रदेश पर्यटन पर्वधन समितिका सदस्य देवि कृष्ण रोकायाले बताए

उनका अनुसार भ्रर्मण बर्ष २०२० लाई सफल पार्न तिनै सरकारको समन्वयमा सडक चाडै सुचारु हुनु पर्ने  र अनिमात्र भ्रर्मण बर्ष २०२०  सफल हुने र सार्थकता पाउने  रोकायको भनाई छ ।

राराबाट उपलब्धि शून्य

नेपालकै सबैभन्दा ठूलो ताल रारा मुगुमा पर्छ तर मुगाली जन्ताले रारा बाट लाभ लिन सकेका छैनन्। एक दुईजना पहुँचवालाले राराको नाम बाट फाईदा लिएका भएपनि रारा बाट मुगाली लाई फाईदा नभएको  ब्याबसायिहरु बताउछन। रारामा पहुँच वाल दुई जनाको होटल भएपनि पर्यटक बढ्ेमा थेक्न सकिदैन।

रारा आउने सडक भरपर्दो छैन त्यहि पनि रारा आउने पर्यटक मुगु सदरमुकाम गमगढी नपुुगि माथि बाटै रारा जाने र उतै बाट फकिर्ने गर्नाले पर्यटकल पनि सास्ती खेप्नु परेको र ब्याबसायिले पनि रारा बाट फाईदा नलिएका मुगु उद्योग बाणिज्य संघ अध्यक्ष कमल बुढाले बताए।

 उनि भन्छन रारा मुगु र मुगालीको हो रारा बाट पहिलो फाईदा मुगालीले लिनुपर्छ। त्यसका लागी रारा जाने बाटो माथि बाटनै नभई पिना बालै गमगढीको हुदै रारा जोडिनु पर्ने अध्यक्ष बुढाले बताए।

यो सडकको विकल्पलाई रोजि पर्यटक लाई एक बास  सदरमुकाम गमगढीममा बस्ने वाताबरणको सृजर्ना गरे पर्यटकले पनि सास्ती नपाउने र मुगालीले पनि लाभ लिने भएकाले सम्पुर्ण सरोकारवाला निकायले यस प्रति चासो दिनुपर्ने अध्यक्ष बुढाको भनाई छ।

जोखिमपूर्ण सडक

गमगढी नाग्म सडकखण्ड जोखिमपूर्ण रहेको छ। नाग्मबाट गोठी जिउला हुँदै झ्यारीखोला, ताल्चामैतु, एसमोड, सातमोड, पिनालगायत खण्डमा  हिउँद याममा हिउँले र वर्षा याममा पानी हिलो हुने गर्दछ।

पहिरोको खतरा पनि उत्तिकै हुने गर्छ । बढी लोड बोकेका सवारी हिलोमा फस्दा निकाल्नै गाह्रो हुने चालक किरण थापाले बताए।  उनका अनुसार एक साता पछी बल्ल बल्ल मुगु पुग्न सकेको बताए।

ट्रयाक खुलेको ६ वर्ष बित्दासम्म पनि सडक स्तरोन्नति नहुँदा वर्षमा चार महिना मात्र यातायातका साधन चल्ने गरेका छन। सघिय संरचना पछी मुगु बाट ६ जना सांसद भएपनि सडकको स्तरोन्नति ,मा ध्यान नदिएको स्थानीय जयबहादु मल्लले बताए। उनका अनुसार सडक भररपर्दो सडन नहुदाँ रारा आउने पर्यटक लाई पनि सास्ती भएको छ।

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.