|

सुर्खेत : बालुवा तथा गिट्टी उत्खननको गर्ने काम सुरु नहुँदा रोजीरोटी गुमेको भन्दै सुर्खेतकमा ट्याक्टर व्यवसायीले वीरेन्द्रनगर नगरपालिका ट्याक्टरसहित धर्ना दिएका छन्। आइतबार ट्याक्टरसहित नगरपालिका पुगका ट्याक्टर व्यवसायीले नगरपालिकाको कार्यालयमा धर्ना गरेका हुन्।

बालुवा उत्खननका लागि टेण्डर नहुँदा आफूहरू कामविहीन भएको भन्दै उनीहरूले तत्काल टेण्डर गर्न माग गरेका छन्। असोज सुरु हुनुभन्दा अघि नै बालुवा उत्खननका लागि खुला गर्नुपर्ने भए पनि वीरेन्द्रनगर नगरपालिकाले नखोलेपछि कमाइ गर्ने बाटो बन्द भएको भन्दै नगरपालिका घेराउ गरेको ट्याक्टर चालक तुलाराम बाँस्कोटाले बताए। ‘हामीले पनि सरकारलाई कर तिरिरहेका छौँ, तर हामीलाई कमाई गरी खान पनि दिनु पर्‍यो नी’ बाँस्कोटाले भने।

‘दशैं आइसक्यो, हामीले खर्च जुटाउने कसरी? जहान, केटाकेटी कसरी पाल्ने? नगरपालिकाले पनि केही त सोचिदनु परेन’ उनले प्रश्न गरे ‘हामीले दशैं तिहार मनाउने कसरी?’ असार १ गतेदेखि ढुंगा, गिट्टी तथा बालुवा उत्खनन् कार्य बन्द गरिएको थियो।

नियमानुसार असोज १ गतेबाट नै उत्खनन् गर्ने वातावरण मिलाउनुपर्ने भए पनि वर्षा नरोकिएको र अन्य विविध कारण नखोलिएको वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकालले बताइन्। ‘उहाँहरूको माग जायज छ तर वर्षाले गर्दा समयमै टेण्डर खोल्न नसकिएको हो,’ उपप्रमुख ढकालले भनिन्, ‘असोज २ गतेको बैठकबाट टेण्डर खोल्ने निर्णय गरिसकीएको छ, अब प्रक्रियामा जान्छौँ।’

ट्याक्टर चालक तथा मजदुरहरूले भने टेण्डर गर्दा समय लाग्ने भएकाले दशैंभन्दा अघि नै काम शुरु गर्ने गरी वातावरण मिलाउन माग गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.