६१ जिल्लामा पुग्यो स्क्रब टाइफस

|

काठमाडौं :  डेंगुले प्रकोपको रुप लिइरहँदा त्यो भन्दा ३० गुणा भन्दा बढी घातक मानिने स्क्रब टाइफस ६१ जिल्लामा फैलिएको छ।

मुसामा हुने माइट नामको जीवाणुबाट मानिसमा सर्ने स्क्रब टाइफबाट साउन १ गतेदेखि असोज ६ गतेसम्म  ६ सय ९५ जना संक्रमित भइसकेका छन्। यसकै कारण तीनजनाले ज्यान गुमाइ सकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको जनाएको छ। हालसम्म स्क्रब टाइफस ६१ जिल्लामा पुगिसकेको छ। 

स्क्रब टाइफल सम्म प्रदेश १ मा १८ जनामा प्रदेश २ मा २२ जनामा प्रदेश ३ मा २०४ जनामा, गण्डकीमा मा ५१ जना प्रदेश ५ मा २३७ जना कर्णालीमा ८ जना र सुदूरपश्चिममा १५५ जनामा यो रोग देखि सकेको छ।

साउनयता ६३ जिल्लामा फैलिएको स्क्रब टाइफसबाट सबैभन्दा बढी धादिङ प्रभावित भएको महाशाखाको तथ्यांकले देखाएको छ। साउनदेखि असोज ६ गतेसम्म धादिङमा मात्रै ७४ जनामा यो रोग देखिएको छ। यस्तै डडेल्धुरा स्क्रब टाइफसबाट संक्रमणको दोस्रो प्रभावित जिल्लामा पर्छ । डडेल्धुरामा ६१ जना स्क्रबटाइफसको संक्रमण देखिएको छ ।

यस्तै पाल्पामा ५९, रुपन्देहीमा ४६, गुल्मीमा ३६,  काठमाडौंमा २६, ललितपुरमा ११, काभ्रेमा १७, कपिलवस्तुमा १८, अर्घखाँचीमा १८, वर्दियामा १३, स्याङ्जामा १०, बाँकेमा २०, जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ ।

 उपत्यकामा २६ जनामा देखियो

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा साउनयता तीन सय भन्दा बढी स्क्रब टाइफसको संका लागेर उपचार गर्न गएको अस्पतालले जनाएको छ।

जसमा २६ जनामा स्क्रब टाइफस संक्रमण भएर गम्भीर बिरामी भएकाको भर्ना गरेरै उपचार गरिएको अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषक्ष डा अनुप बाँस्तोलाले बताए।  'यो वर्ष साउनयता हाम्रोमा उपचारको लागि आएका २३ जनालाई स्क्रब टाइफस भएको पुष्टि भएको छ', उनले भने, 'यो निकै ठूलो संख्या हो। अझै धेरै बिरामी हाम्रो सम्पर्कमा नहुन सक्छन्।‘

स्क्रब टाइफस स्वास्थ्यको जोखिमको हिसाबले डेंगु भन्दा ३० गुणा बढी घातक हुने भएकाले सचेत हुनु पर्ने डा बाँस्तोलाले बताए। ‘यसको संक्रमण भएपछि डेंगुले भन्दा मृत्यु हुने सम्भावना ३० गुणा बढी हुन्छ', उनले भने, 'सुरुमै पहिचान गर्न सके सामान्य एन्टिबायोटिकबाट यो रोग निको पार्न सकिन्छ। नत्र मानिसको मृत्यु हुने सम्भावना धेरै हुन्छ।'

के हो स्क्रब टाइफस

स्क्रब टाइफस’ रोग ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवीको संक्रमणले लाग्ने गर्दछ। यो परजीवीलाई एक प्रकारको ‘माइट’ जातिको सुक्ष्म किराले सार्छ। रोगको किटाणु बोक्ने ‘माइट’ स–साना बोटबिरुवाको झाडीमा बस्छ।

पहिलो पटक सन् १९३० तिर जापानमा देखा परेको यो रोग हाल भने नेपालका विभिन्‍न स्थानमा देखा परेको छ। दोस्रो विश्वयुद्धको बेला युद्धमा खटिएका सेनाहरु जंगलका झाडी हुँदै हिँड्दा ‘माइट’ टोक्ने क्रममा ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवी मानिसको शरीरमा छोडेकोले उनीहरूमा यो रोग लागेको थियो।

तर, नेपालमा भने ‘मुसा’ ले यो रोग सारेको पाइएको छ। मुसाको कानमा पाइने माइट झाडीमा सरेपछि त्यहाँ जाने मानिसलाई टोकेपछि यो रोग सरेको पाइएको छ।

स्क्रब टाइफस भएका मानिसहरुमा धेरै ज्वरो आउँछ। १०४ डिग्रीभन्दा बढी र काम जरोसमेत आउन सक्छ। टाउको दुख्नु, खोकी लाग्नु, मांसपेशी दुख्नु, पाचन अङ्गमा गड्बडी हुनु र शरीरमा रातो बिबिरा देखिनु आदि यसका प्रमुख लक्षण हुन्।

रोग समयमै उपचार नगरेमा वा जीर्ण बन्दै गएको खण्डमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अंगमा संक्रमण फैलिई बिरामीको मृत्युसमेत हुनसक्छ। यो रोग पहिचान गरी उपचार गर्न सकिन्छ। औषधिको रूपमा एन्टिबायोटिक प्रयोग गर्नुपर्ने चिकित्सकको भनाइ छ।

यस्तै किटाणु सार्ने माइटको सम्पर्कबाट टाढा रहे भने पनि यसबाट बच्‍न सकिने चिकित्सक बताउँछन्। घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, घाँसबारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याउने गर्नुपर्छ।

त्यसैगरि सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, सकेसम्म घासबारी र चौरमा नबस्ने, चौर, बारी, घाँस तथा घुर्‍यानमा झाडी बढ्न नदिने, मुसा नियन्त्रणका लागि सुरक्षितरुपमा अन्‍न भण्डारण गर्ने र मुसाको वृद्धि नहुने वातावरण बनाउनुपर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.