|

काठमाडौं : कृषि विकास बैंकको चार करोड रुपैयाँ बढी रकम चोरी भएकोको सवालमा ब्यालेन्स सिट नै ह्याक गरेको आशंका गरिएको छ।

यस विषयमा कृषि विकास बैंकले राष्ट्र बैंकलाई जानकारी गराइसेको छ।  बै‌कले साढे २ करोड ह्याक भईसकेकाे पुष्टि गरेको छ। चार कराेड रकम चाेरी भएकाे कृषि विकास बैंक स्रोतले जनाएकाे छ। बै‌ककाे पाँच वटा शाखाबाट पैसा निकालिए बताएकाे छ। 'अहिलेसम्म बै‌कका चार/पाँचवटा  शाखा मार्फत ह्याकिङ गरिएकाे सूचना आएको छ' कृषि विकास बै‌क स्राेत भन्छ, 'झण्डै चार करोड रकम तलमाथि भएकाे हुन सक्ने देखिएको छ, साढे २ करोड पुष्टि भइसकेकाे छ।'  बैंककाे नाफा नाेक्सान खाताबाट साे रकम चोरी भएकाे आश‌का कृषि विकास बै‌ककाे छ। 

राष्ट्र बै‌कले भने २ कराेड चोरी भएको आफूलाई जानकारी गराएकाे जनाएकाे छ। 'अहिले ब्यालेन्स सीट नै ह्‍याक गरेको भन्ने सम्ममा सूचना आएको छ' राष्ट्र बैंक स्रोतले भन्यो। राष्ट्र बैंक भुक्तानी विभागका प्रुमख  बमबहादुर मिश्रले भने अहिले केही भन्न नसकिने जनाएका छन्। 

ह्याकिङमा पानास रेमिट्यान्सको ह्याक गरेको पनि जनाइएको छ। बैंकको सिरहा शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको उक्त रकम  लुट्न लाग्दा नियन्त्रणमा लिइएको बताइएको छ। 

प्रहरीले पक्राउ परेकाहरुको नाम गोप्य राखेको छ भने कसरी ह्याक गरी रकम निकालियोे भन्नेबारे पनि केही बताएको छैन। तीन जनालाई पक्राउ नियन्त्रणमा लिएको उपत्यका प्रहरी परिसर रानीपोखरीका प्रवक्ता एसएसपी श्माम ज्ञवालीले पुष्टि गरे। उनले भने ‘हामीले तीन जनालाई नियन्त्रणमा लिएका छौं अनुसन्धान भइरहेको छ।’

प्रहरीले यसअघि पनि चिनियाँ र फ्रेन्च ह्याकरको समूहले झण्डै २ करोड रुपैयाँ विभिन्न बैंकबाट ह्याक गरी निकाल्दै गर्दा महानगरीय प्रहरी परिसरले पक्राउ गरेको थियो। जसमध्ये ५ चिनियाँ र एक फ्रेन्च नागरिकसहित ३ नेपाली पक्राउ परेका थिए। २ चिनियाँ भने अझै फरार छन्।

फेरि लुटे ह्याकरले कृषि विकास बैंकको २ करोड

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.