जथाभावी विक्री गरिएमा कारवाही

|

काठमाडौं : सरकारले सौन्दर्य प्रशाधनमा प्रयोग हुने रसायनको मापदण्ड ताकेको छ। बजारमा छ्यासछ्यास्ती पाइने सौन्दर्यका प्रशाधनले स्वास्थ्यमा गम्भीर असर परिरहेको भन्दै मापदण्ड तोक्न सरोकारवालाले ध्यानकर्षण गराएका थिए। 

त्यसपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभागले लामो गृहकार्य गरी मापदण्ड तोकेको हो।

विभागले तीन समूहका सौन्दर्य प्रशाधन (कस्मेटिक्स) हरूका लागि मापदण्ड तोकेको छ। जसमा लिप्स्टिक, छालामा लगाउने क्रिम र लोसन रहेका छन्। जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रको अनुसन्धानमा आधारित रही उद्योगमन्त्री मातृकाप्रसाद यादवको अध्यक्षतामा हालै बसेको नेपाल गुणस्तर परिषदको १०१ औ बैठकले निश्चित मापदण्ड निर्धारण गरेको हो। 

नेपालमा आयात, उत्पादन, बिक्री वितरण र प्रयोग हुँदै आएका यी प्रशाधनमा तोकेको मापदण्डभन्दा बढी रसायन प्रयोग भएको पाइए कानुनी कारबाही हुनेछ। विश्व स्वास्थ्य संगठनका अनुसार नेपाली बजारमा बिक्रीवितरण र प्रयोग भइरहेका सौन्दर्य सामग्रीहरूमा अत्यधिक पाइने मर्करी, लेड, आर्सेनिक र क्याडमियम जस्ता रसायनहरू मानवस्वास्थ्य र वातावरणमा असर पु¥याउने मुख्य १० अतिघातक रसायनमध्येका चार प्रमुख रसायन हुन्। 

यी रसायनले स्नायु प्रणाली, स्मरण शक्ति, हेर्ने र सुन्ने क्षमतामा ह्रास, प्रजनन् प्रणाली, नवजात शिशु, गर्भवती महिला, शिशुको वृद्धिविकासमा अवारोध पुर्‍याउने गर्दछन्। मृगौला, मुटु, फोक्सो, मष्तिस्क जस्ता सम्वेदनशील अंगमा हानी पनि पुर्‍याउँछन्। यी रसायनले क्यान्सर, हाड्डी कमजोर वा भाँचिने जस्ता गम्भीर समास्या निम्त्याउने रसायनविज्ञ बताउँछन्।

गुणस्तर तथा नापतौल विभागले सम्बन्धित सबै सरोकारबालाहरू खासगरी वन तथा वातावरण मन्त्रालय, भन्सार विभाग, त्रिभुवन विश्वविद्यालय केन्द्रीय रसायन विभाग, जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र, सौन्दर्य प्रशाधनसम्बन्धी उद्योगसँगको छलफल गरी मापदण्ड निर्धारण गरेको जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र साहले बताए। सरकारले सौन्दर्य प्रशाधनका सामग्रीको मापदण्डहरू बनाउन प्राविधिक समिति नै गठन गरेको थियो। 

प्राविधिक समितिका सदस्य एवं जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक साहका अनुसार यी सौन्दर्य सामग्रीका लागि बनाइएका मापदण्ड बोधगाम्य छन्।

यसमा सौन्दर्य सामग्रीहरूका लागि चाहिने साधारण मिश्रण, अमलिय वा क्षारीयपना, शुक्ष्म जिवाणुहरूको उपस्थिति लगायत विभिन्न घातक गह्रुंगा धातुहरू जस्तै शिशा (लेड), आर्सेनिक, पारो (मर्करी) र क्याडमियम आदिका अधिकतम मात्रासहितका विशेष मिश्रण, बट्टा-खोलसम्बन्धी व्यवस्था, सूचनासम्बन्धी व्यवस्था, नमुना संकलन र परीक्षण प्रविधि समावेश गरीएको छ। 

मापदण्डहरू अरू देश र अन्तर्राष्ट्रिय संगठनले अपनाएका गुणस्तर निर्धारणका तरिका र ढाँचाहरूलाई अध्ययन गरि तयार पारिएको हो। 

तीन प्रशाधनमा मापदण्ड :

 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.