|

तनहुँ : प्रतिस्पर्धात्मक बजारमा विभिन्न कम्पनीद्वारा उत्पादित वस्तुको बिक्री वितरणका लागि अफर योजना राख्ने प्रचलन गरिन्छ। नेपालीको महान चाडपर्व नजिकिदै गर्दा यस्ता अफर योजनाबाट सामग्री बिक्री वितरण हुने गरेका छन्। बजारमा उत्पादक कम्पनीले आकर्षक उपहार योजनामार्फत बढी सामग्री बिक्री वितरण गर्ने गरिन्छन्। केही यस्ता योजना सत्य हुन्छन् भने केही झुठा हुने गरेका पनि छन्। 

यस्तै, अफरबाट तनहुँका एक युवाले स्कुटर हात पारेका छन्। बिहीबार तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालाका सुरेशराज रावलले टिभिएसको स्कुटर प्राप्त गरेका छन्। रावलले हन्ड्रेड क्यास ब्याक अफरअन्तर्गत चिठ्ठा निकाल्दा स्कुटर परेको जगदम्बा मोटर्स प्रालिका जनरल मेनेजर दीपकप्रसाद रौनियारले जानकारी दिए। उनका अनुसार नेपालमा शत प्रतिशत अफर प्राप्त गर्नेमध्ये यो तेस्रो पटक तनहुँमा परेको हो। देखाउन मात्रै हुने राखिएको भन्ने आम नागरिकको सोचलाई यो अफर प्राप्त भएपछि झुठो सावित गरेको रौनियारले बताए।

क्यास ब्याक अफर झूठो नभएको प्रमाणित भएको उनले दाबी गरे। ‘आम नागरिकको धारणा छ कि अफर झुठो भन्ने तर अहिले प्रमाणित गरेका छौँ, सबै कम्पनी झुठा हुँदैनन् भन्ने प्रमाणित गर्दै टिभिएसले मार्केटमा छुट्टै पहिचान बनाएको छ,’ उनले भने। यस्तो अफर देशैभरमा चौथो र तनहुँमा भने पहिलो पटक शतप्रतिशत क्यास ब्याक गरिएको उनले बताए।

टिभिएसले ‘दशैँको दौड... किन्दा फेरी जित्नुहोस् क्यास ब्याक १०० प्रतिशतसम्म’ भन्ने अफर लिएर बजारमा आएको छ। टिभिएसले ल्याएको अफरअन्तर्गत करिब २० दिनमा नै रावलले स्कुटर खरिद गर्दा परेको चिठ्ठा शत प्रतिशत क्यास व्यास परेको हो। रावलले अफर योजनाको विश्वास नलाग्ने तर आफैँलाई उपहार पर्दा चाहिँ प्रमाणित भएको बताए।

‘दुई लाख ३० हजार रुपैयाँ तिरेर टिभिएसको १२५ सिसिको स्कुटर लाने भनेर आउँदा चिठ्ठा परेर निःशुल्क लाँदैछु, अत्यन्तै खुशी लागेको छ, स्कुटर निःशुल्क पाउँदा अकल्पनीय लागेको छ, यसले सबै चिठ्ठा झुठा हुँदैनन् भन्ने प्रमाणित भयो,’ उनले भने।

टिभिएसको मोटरसाइकल, स्कुटर अहिले बजारमा माग बढेको एमएस ट्रेडर्सका प्रोप्राइटर सरोज भण्डारीले बताए। ‘टिभिएसका मोटरसाइकल, स्कुटरहरु बलियो र चिटिक्क परेको आकर्षक हुने हुँदा बजारमा माग बढेको छ, कतिपय दशैंका लागि बुकिङ भइसकेका छन्,’ भण्डारीले भने। उनका अनुसार अफर सुरु भएको करिब २० दिनमा ४२ वटा मोटरसाइकल तथा स्कुटर बिक्री भइसकेका छन् भने ५०/६० वटा मोटरसाइकल र स्कुटर बुकिङ भएका छन् । अफरमा पाँच हजार देखि एक लाख रुपैयाँसम्म र शतप्रतिशत क्यास व्याक गरिनेछ। एमएस ट्रेडर्सले बिहीबारै एक कार्यक्रम गरी सुरेशलाई स्कुटर हस्तान्तरण गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.