|

काठमाडौं : विस २०७४ साल साउनमा तराईमा गएको बाढी तथा डुबानमा परी घरबार गुमाएका सप्तरीको तिलाठी कोइलाडीको मुसहर वस्तीमा वस्ती निर्माणका लागि जनता बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट १० लाख सहयोग हस्तान्तरण गरिएको छ।

उक्त रकम बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले नेपाल ब्रोडकास्टिङ च्यानल प्रालि (न्यूज २४) का महाप्रबन्धक सुधिर राजभण्डारीलाई हस्तान्तरण गरेका हुन्। २०७४ साउनमा तराई क्षेत्रमा गएको बाढीका कारण घरबार गुमाएका उक्त मुसहरवस्तीका जनताको आवास पुनः निर्माणको लागि २०७४ साउन ३१ गते जनता बैंकमा ‘न्युज २४ टिभी जनता बैंक विपत्ती राहत कोष’ खाता संचालन गरिएको थियो।

नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृती लिई उक्त खातामा विभिन्न व्यक्ति तथा संघ सस्थाबाट जम्मा भएको रकम करिब रु. २ करोड र अन्य सहयोगसमेत गरी न्युज २४ को अगुवाईमा उक्त वस्तीमा करिब ३ करोडको लागतमा ५२ वटा घर निर्माण गरी हस्तान्तरण गरिएको थियो। उक्त वस्ती २०७५ कात्तिक २७ मा पूर्वराष्ट्रपति डा. रामवरण यादवबाट हस्तान्तरण भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.