काठमाडौं : उत्तरी छिमेकी चीनले १ अक्टोबरमा आफ्नो ७० औँ वार्षिकोत्सव मनाउँदैछ। आफ्नो स्थापना दिवसका अवसरमा विश्व महाशक्तितर्फ लम्किरहेको चीनले संसारभर उत्सव मनाउँदैछ।
७० औं बार्षिक उत्सवका अवसरमा चाइना कल्चर सेन्टर नेपालले बिहीबार काडमाडौंमा 'स्प्लेन्डिड हुनान' नामक साँकृतिक कार्यक्रम प्रस्तुत गरेको छ।
हुनान प्रान्तको सांस्कृतिक तथा पर्यटन विभाग र चाइना कल्चर सेन्टरले गरेको उक्त कार्यक्रममा हुनान प्रान्तको संगीत तथा नृत्य प्रस्तुत गरिएको थियो। त्यसैगरि कार्यक्रममा चीनबाट आएका गायकले नेपाली गीत पनि गाएका थिए।
यस्तो कार्यक्रमले सांस्कृतिक ज्ञान आदान-प्रदान गरि दुई देशबीचको सम्बन्ध प्रगाढ गर्न सहयोग पुग्ने नेपालका लागि चिनियाँ राजदूत यान्छीले बताइन्।
फोटोमा सांकृतिक कार्यक्रम
तपाईंको ईमेल गोप्य राखिनेछ ।