|

जुम्ला : जुम्लामा यतिबेला मार्सी धान झुलेको छ। कालीमार्सी धानका बाला लहलही झुलिरहँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोली अनुसन्धान गर्न जुम्ला पुगेको हो।  

जुम्लामा उत्पादन हुने रैथाने बाली उत्पादन तथा संरक्षण गर्ने उद्देश्यले विज्ञको टोली यति बेलाको समयमा जुम्ला पुगेको बताइएको छ। पछिल्लो समयमा जुम्लामा  रैथाने बाली उत्पादनको केन्द्र हो भन्ने शब्द  सबैको मुखमुखमा झुन्डिएको शब्द हो। तर परापूर्वकालदेखि उत्पादन हुँदै आएको रैथाने बाली बिकासे बालीको प्रभावले  गर्दा  लोप हुने खतरामा रहेको विज्ञहरूको भनाइ छ।

जलवायु परिवर्तन कारण स्थानीय बालीमा लाग्ने रोग किरा ब्यवस्थापन तथा उत्पादनमा बृद्धि ल्याउने लक्ष्यका साथ लिबोर्ड जुम्लाले  स्थानीय धान बाली र सिमी बालीको  संरक्षण गर्दै आएको छ।

जुम्लामा  बिगत्त एक वर्षदेखि  स्थानीय बाली धान र सिमीको संरक्षण गरी बिभिन्न ठाउँमा बीउ बैंकको रूपमा काम गर्दै आएको जैबिक बिबिधता अनुसन्धान तथा बिकासको स्थानीय पहल लिबोर्डले कृषिका क्षेत्रमा गर्दै आएको  कार्य प्रगतिका बारेमा इथुपिया, इटली  पोखरी लमजुङको विज्ञ टाली जुम्लामा पुगेर बिहीबार अनुगमान तथा अनुसन्धान गरेको हो।

जिन बैंक नेपालका डाक्टर कृष्णहरि घिमिरेले भने, 'जिन बैंककले स्थानीय बाली संरणक्ष गरी कृषिका क्षेत्रमा  लागेका किसानलाई प्रत्यक्ष लाभाम्वित हुँदै आएका छन्' उनले भने, 'किसानसँगै खेतमा गएर प्रयोगात्मक तरिकाले स्थानीय बाली उत्पादन गरी बीउ बैंक समूहले उत्पादन  सुरु गरेको छ।

लिबोर्डलेको सहयोगमा संञ्चालन भएको धौलीगाड जैबिक विविधता सामुदायिक बीउ बैंक समूहले  स्थानीय उत्पादनमार्फत कोसेली घर निर्माण गरेको छ।

 जुम्ली मार्सी धान, विज्ञटोलीको रोजाइमा

धौलीगाड जैविक विविधता सामुदायिक बीउ बैंक समूहले स्थानीय बाली उत्पादन गर्दै आएको छ। उक्त समहूले १२ वटा  प्लटमा  ३५ जातका  स्थानीय धान खेती गरेको छ।  ३५ जात मध्ये जुम्लामा पाइने कालीमार्सी धान अनुसन्धान कर्ताको रोजाइमा परेको छ।

जुम्लाको चर्चित मानिएको काली मार्सी धान खाना स्वादिलो र दाना पनि पोटिलो हुने हुँदा अनुसन्धान गर्न आएको स्वदेशी तथा विदेशीको रोजाइमा परेको  धौलीगाड जैबिक बिबिधता सामुदायिक बीउ बैंक समूह अगुवा कृषक तिलकप्रसाद रावतले बताए। '१२ वटा पलडमा ३५ जातका धान खेती गरेका छौं। जुन राम्रो हुन्छ। त्यसलाई बीउको रूपमा राख्ने गर्दैछौं' उनले थपे ,'जुम्लाकै स्थानीय धानबाट नयाँ धान उत्पादन भएको छ। जसको नाम ८३  धान  राखिएको छ।   

 धानको नाममै रूमलिएको अनुसन्धान

लिबोर्डले संञ्चालन गरेको कार्य प्रगति हेर्दै आएका विज्ञ धानका नाम चिन्दै रूमलिएका छन्। उनीहरू लहलह झुलिरहेका धानका बाला र  जुम्लाको प्रकृति सँगै रमलिएको हुन्। धान खेती गरेको प्रत्येक प्लटमा धानका जातको नाम राखिएका थिए। जसमा जुम्ली मार्सी, चन्दननाथ तीन, तिरासी, चुरेना, पाखोधान, चुरेना क्रस, खच्चे लेखाली, काली, चुरेना क्रस  लाडामाटेलगायतका ३५ प्रकारका नाममै  राखिएका छन्। फरक ठाउँमा फरक धानखेती गरिएको छ, भने  अनुसन्धानकै लागि एक ठाउँमा सबैसँगै धान खेती पनि गरइएकोे छ।

जुम्ली  किसानको गुनासो : श्रमअनुसारको मूल्य पाउँदैनौं

नेपालको ६५ प्रतिशत जनसंख्या कृषिमा छ। पुरुष भन्दा पनि महिलाको संख्या धेरै छ। बिडम्बना केछ भने  किसानले  श्रमअनुसारको  मूल्य पाउँदैनन्। कर्णाली प्रदेश सरकारले पनि जुम्लालाई कृषिमा आत्मा निर्भर बनाउनको लागि अनुदान लगायतका बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। किसनालाई प्रोत्साहन दिने ब्यवस्था गरे सँगै  जुम्लाी किसान कृषिमा लागि परेका छन्।

जुम्लाको अर्गानिक स्याउ सिमी फापर चिनो, कोदोलगायतका बाली उत्पादन गर्न किसान लागेका छन्। तर किसानको एक मात्रै चिन्ता छ 'सरकारले उत्पादन गर्न लगाउँछ बजारीकरण गर्दैन। हामीले उत्पादन  गरेको स्याउ बहिरी बजारमा २५० मा बिक्री भएको छ। जुम्ला २० रुपैयाँ केजी छ' किसान  तिलकप्रसाद रावतले भने, 'हामीले  जीविकोपार्जन  कसरी गर्ने अब ?' 

किसान रावतले भने,' कृषि विज्ञ‍ टोलीले उत्पादन गर्न सिकाउनु भन्दा पहिलो बजारीकरणको ब्यवस्था गरोस्। अनि मात्र हाम्रो दैनिकी गुजारा हुन्छ। लिबोर्डले संञ्चालन गरेको  उत्परिवर्तानशील बाली परियोजनाका बरिष्ठ प्राविधिक सुन्दर रावतले भने, 'हामीले किसानले उत्पादन गर्दै आएकाे रैथाने बालीको दिगोपनका लागि किसानमुखी कार्यक्रम संञ्चालन गरेका हौं।' 

प्राविधिक रावतले भने, 'उत्पादन गर्ने किसानलाई एक मानोका दरले बीउ निशुल्क दिन्छौं। किसानले उत्पादन गरेपछि एक मानो बीउ हामीले फिर्दा लिन्छौं। बाँकी उत्पादन गरेको बाली किसानकै हुन्छ। 'हामी नाफामुखी होइन। स्थानीय बालीको संरक्षण गरी किसानलाई पोषणयुक्त बनाउने र खाद्य स्वच्छताका बारेमा जिम्मेवार बनाउन लागि परेका छौं।'

लिबोर्ड परियोजनाले संञ्चालन गरेका  कार्याले किर्षको मन जितेको  कृषिविज्ञ डाक्टर  देवेन्द्र गौचनले बताए। उनले भने, 'कम लगानीमा धान सिमीका विविध जातहरूको क्षेत्रफल  र उत्पादन बढाइ खाद्यान्नको वृद्धि गर्ने लक्ष्य हो। जुम्लामा संञ्चालन भएका  ४९ वटा जाताका सिमी र ३५ जातका धानखेतीले  कृषक थप जागरुक बनाएको छ।

जुम्ला जिल्लाको कृषि क्षेत्रको नमुना काम गरेको लिबोर्डले आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउन  दिपेन्द्र  ऐर नेतृत्वको विज्ञटोली, जिल्लास्थित कृषिसँग सम्बन्धित सरोकारवाला र पत्रकारको टोलीले एकदिने अनुगमन समेत गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.