काठमाडाैं : राष्ट्रसेवक कर्मचारी फौजीको कथा वस्तुलाई समेटर शुभ विजय दशमीको उपलक्ष्यमा डिएआर मुभिजले विवेक चौलागाईको लोक दोहोरी गीत ‘फौजी जागिर’ आमदर्शक तथा स्रोता माँझ ल्याएको छ।
प्रभावन जे को शब्द तथा संगीत रहेको गीतमा प्रभावन जे, विवेक चौलागाई, गीतादेवी र जीवन बडुको स्वर रहेको छ। बिग परिवेश रेकर्डिङ स्टुडियोमा रेर्कड गरिएको गीतमा एरेन्ज तथा मिक्सिङ जीवन बडुले गरेका छन्।
प्रभावन जे को निर्देशन रहेको म्युजिक भिडियोमा रामशरण जंगम, प्रल्हाद खरेल, सुर्दशन सिग्देल, हेरुका लामा, सरिता राजउपाध्याय, आभा नेपाल, सुष्मा ढकाल, बद्रि दंगाल र गोकुल चौलागाईले अभिनय गरेका छन्।
सम्पादन तथा सहायक निर्देशन नविन भट्ट, छायाँकन ड्रोन रोनिश तामाङ, आर्ट राजाराम गौतम, मेकअप शर्मिला सुनवार, व्यवस्थापन कृष्ण गौतम र गोकुल दंगालको रहेको छ। केही समय अगाडि चर मैना बजारमा ल्याएका विवेक चौलागाईको यो पाँचौँ गीत हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।