|

कञ्चनपुर : कञ्चनपुरका सनवोरा, स्याली र दोदा नदीका संरक्षित बगर सेताम्मे भएका छन। बगरलाई टाढा बाट नियाल्दा नदीका बगरका फाँटमा सेतो विछयौना विछाएको जस्तै देखिन्छ।

 बगरमा रहेका घाँस फुलेर सेताम्मे भएपछि यसको दृश्यावलोकनका लागि आन्तरिक पर्यटक पुग्न लागेका छन। क्यामेरामा सेल्फी लिन र बगरको दृश्य क्यामेरामा कैद गर्न संगै मनोरम दृश्यलाई हेर्नकै लागि पर्यटक यहाँ पुग्ने गरेका हुन।

 सेतो फुलेको घाँसमाथि चिरविर गर्दै चराहरु विचरण गरिरहेको दृश्य हेर्नुको मज्जानै बेग्लै हुन्छ। बगरमा जहाँस सम्म नजर पुग्छ पुरै सेताम्मे मात्रै देखिने गरेको छ। संरक्षित बगरको घाँसमा विभिन्न प्रजातीका जनावर र चराहरुले बासस्थानै बनाएको स्थानिय बासिन्दाको भनाई छ।

नदीले भू क्षय गरी जग्गा कटान गर्ने विगतको निकै ठुलो समस्या थियो लालझाडी गाँउपालिकाका अध्यक्ष मदन सेन वडाकले भने, “नेपाल रेडक्रस सोसाईटी कञ्चनपुरले सञ्चालन गरेको एमरेड परियोजना अन्तर्गत स्थानिय समुदाय संग मिलेर बगर संरक्षण गरिए पछि नदीले जग्गा कटान गर्न छाडेर पर्यटकलाई मोहित गर्न थालेको छ।” बगर संरक्षणले स्थानिय बासिन्दा निकै खुसि भएका छन।

लालझाडी क्षेत्र बाट मात्रै विसं २०६४ सालको बाढी बाट सात सय परिवार विस्थापनमा परेका थिए। सयौं विघा जग्गा दोदा नदीले कटान गरी बगाएको थियो।

नदीको जग्गा कटान गर्ने कार्य रोक्नका लागि स्थानिय समुदाय संग मिलेर रेडक्रसले बगर संरक्षण गर्ने र बाँसको जैविक तटबन्ध बनाउने कार्य शुरु गरेको गाँउपालिका अध्यक्ष रानाको भनाई छ। बगर संरक्षणले नदीले जग्गा कटानको कार्य छाडेको छ।

 बगरमा उम्रिएको घाँसले स्थानिय समुदायको जग्गा मात्रै जोगाएको छैन। आम्दानीको श्रोत समेत बनेको छ। बगरको घाँस बेचेर स्थानिय बासिन्दाले सामाजिक कार्यमा लगानी गर्दै आएका छन।

ठुलो धनराशी खर्चेर बनाईएको ढुङ्गाका तटबन्धले रोक्न नसकेको नदीले गर्दै आएको भू क्षयको कार्य बगरको घाँसले रोकेको छ डुङ्गाका स्थानिय राजेन्द्र रानाले बताए।

 घाँसको जरा ठुलो हुने भएकाले भू क्षय हुन दिदैन उनले भने, ‘त्यसैले काँस घाँस जोगाउन पुरै गाँउ लागेका छौं।’ नदीको किनारामा बाँसको जैविक तटबन्ध बनाईए पछि नदीले बर्षातको बाढीले बगाएर ल्याउने फोहर, पात पतिंगर त्यसमा थुपार्ने गरेपछि नदीले भू क्षय गर्न पाउदैन।

 बाँसको जैविक तटबन्ध माथिको भागमा बृक्षारोपण सहित घाँस जोगाउने कार्य गरिए पछि नदीले धार परिवर्तन गरी अन्यत्रै बग्ने भएकाले नदीको जग्गा कटानको कारण व्यहोर्ने क्षति बाट जोगिने रानाको भनाई रहेको छ।

 हाल पनि केही स्थानमा नदीको बाढीले जग्गा कटान गर्दै आएकाले त्यस्ता ठाउमा समेत स्थानिय तह संग समन्वय गरी जैविक तटबन्ध सहित बगर संरक्षण गर्ने कार्यक्रम अगाडी बढाईएको परियोजनाका कार्यक्रम अधिकृत महेश घिमिरेले बताए।

दोदा संगै सनवोरा र स्याली नदीको बगर समेत स्थानिय बासिन्दाले संरक्षण गरी जोगाएका छन। बर्षेनी नदीले जग्गा कटान गरी बगाउने समस्या यी क्षेत्रमा पूर्ण रुपमा रोकिएको छ। संरक्षित केही बगरमा समुदायले सामुहिक रुपमा उखु खेती समेत गरेका छन।

 केही बगर भू माफियाको कव्जामा समेत परेका छन। कव्जाकारीहरुले संरक्षित बगर कव्जा गरी धान, तिल, मकै लगायतको खेती गरेका छन। स्थानिय बासिन्दाका अनुसार केही जनप्रतिनिधिको मिलोमतोमा बगर कव्जा भएकाले अतिक्रमण मुक्तको प्रयास समेत हुन सकेको छैन।   

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.