|

सिन्धुपाल्चोक : स्थानीय तहको निर्वाचन भएको दुई साल पूरा भयो। गाउँमा सिंहदरबारको नाराले चुनाव रंगिए। गाउँमा सिंहको मात्रै प्रवेश भयो। दरबार त संघीय राजधानी काठमाडौँमै छ भन्नेको कमी छैन।

तर, निर्वाचित जनप्रतिनिधिहरु सबै जनताले सोजेको जस्तो सिंहजस्तो मात्रै हुँदैन। त्यसको नमूनाको रुपमा काम गर्दै आएका छन् सिन्धुपाल्चोक बलेफी गाउँपालिका ८ का वडाध्यक्ष चरिबहादुर तामाङ।

हो, तामाङ वडामा निर्वाचित भएर आएपछि अहिले वडासावीले जनप्रतिनिधि आएको आभाष गर्न पाएका छन्। विकट र प्राकृतिक प्रकोपले लपेटेको सो वडामा अहिले विस्तारै विकासका गतिविधिहरु बढ्दै गएको छ।

वडाध्यक्ष निर्वाचित भइसकेपछि वडा र जनताको पक्षमा कस्ता काम गर्दे आएका छन्, विकास निर्माणको अवस्था कस्तो छ। यी नै बिषयमा केन्द्रित भएर थाहाकर्मी रमेश पराजुलीले वडाध्यक्ष तामाङसँग गरेको कुराकानी अंश :

तपाई निर्वाचित भएर आएदेखि देखिने गरी के के काम गर्नुभयो?

हामी जनताबाटै जनताकै लागि निर्वाचित भएका आएर हौँ। त्यसैले हामीले जनताको भावना र समस्यालाई समाधानको बाटा पहिल्याउनु हाम्रो कर्तव्य हो। मैले निर्वाचित भएपछि आफ्नो वडाभित्रको समस्यालाई केन्द्रित गरेर विकास निर्माण थालेको छु।

कस्ता योजना प्राथामिकतामा राख्नुभएको छ?

विकासको प्रमुख आधार भनेकै सडक हो। वडाभित्र रहेका ग्रामीण सडक विस्तार तथा स्तरोन्नतिलाई प्राथामिकताका साथ हेरको छु। भूकम्प र जुरे पहिरोको कारणले यहाँका स्थानीयलाई धेरै नै लपेटेका थियो। अहिले वडाको पुनर्निर्माण सम्पन्न भइसकेको छ। अहिले जुरे पीडितहरुको व्यवस्थापनामा केन्द्रित भएको लागेको छु।

वडाध्यक्ष निर्वाचित भएपछि वडालाई व्यवस्थित रुपमा सञ्चालनमा ल्याएर शिक्षा, स्वास्थ्य, सडक, विद्युत, खानेपानी लयायतको पूर्वाधार अपरिहार्य छ। त्यसैले यस्ता विकासमा केन्द्रित भएको छु। वडाको पर्यटकिय र खेल क्षेत्रको विकासमा लागेको छु।

जुरेको पहिरोपीडितको कुरा निकाल्नु भयो, रकम वितरणमा किन ढिलाइ भएको हो?

जुरे पहिरो गएको ५ वर्ष बित्यो। दाताको सहयोग पीडितको हातसम्म पुग्न सकेको छैन। जुन आफैँमा लाजमर्दो कुरा हो। जुरे पहिरो पीडितको नामका संकलन भएको २ करोड २४ लाख रुपैयाँ सरकारी ढुकुटीमा थन्केर बसेका छ।

पीडितको नाममा आएको रकम पीडितलाई नै उपलब्ध गराउन पहल गरिहरेका छौँ। त्यसका लागि हामीलाई गृह मन्त्रालयमार्फत मन्त्री परिषद्को निर्णय आवश्यक हुन्छ। त्यसकै पखाइमा छौँ।

भूकम्पपीडित सुचीमा राखेर पहिरो पीडितलाई तीन लाख अनुदान दिएपछि सरकारले पीडितको नाममा आएको रकम अन्यन्त्र खर्च गर्ने अवस्था आएको थियो। तर, हामी जनप्रनिधि र स्थानीयके सक्रियतामा संकलित रकम अन्यन्त्र खर्च हुन दिएका छौइनौँ। सो बिषयमा अझै अन्यौलता छ। हामी पीडितको पक्षमा अहोरात्र लागका छौँ।

म्याग्नेसाइट सञ्चालनको पहल गर्नुभएको थियो। अहिले कता पुग्यो?

दुई दशकदेखि बन्द रहेको नेपाल ओरियण्ड म्याग्नेसाइट कम्पनी प्रालि पुन सञ्चालनमा ल्याउन पहल गरिहेका छौँ। खानी क्षेत्र दोलखाको भिमेश्वर नगरपालिकाको लाकुरीडाँडा, रोपवे क्षेत्र सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका र मेरो पहलकदमीमा म्याग्नेसाइट खुलाउने पहल गरेका हौँ।

म्याग्नेसाइट सञ्चालनमा आएपछि स्थानीय युवाहरुले गाउँमै रोजगारीको अवसर प्राप्त गराउने लक्ष्यका साथ म्याग्नेसाइट सञ्चालनको पहल गरेका हौँ। स्थानीय समुदायकै लगानीमा उद्योग सञ्चालनमा ल्याउने तयारीमा छौँ।

किन बन्द भएको थियो म्याग्नेसाइट?

नेपाल सरकार र भारतको ओरेन्ट ग्रुपको ७/७ करोड गरी १५ करोड लगानीमा उद्योग स्थापना भएको थियो। पछि दुई पक्षबीचको विभादका कारण २०५३ सालमा बन्द भएको थियो। ओरेन र खोतान ग्रुपको बराबरी हिस्सा २५ प्रतिशत सेयर फिर्ता गर्ने र नेपाल सरकारको ७५ प्रतिशतमा जनताको लगानी थपेर उद्योग सञ्चालन गर्ने तयारी भैरहेको छ। उद्योग सञ्चालनमा ल्याउन सिन्धुपाल्चोक र दोलखाको दुवै जिल्लाका जनप्रतिनिधि लागेका छौँ।

शिक्षा क्षेत्रको सुधारमा कस्ता योजना छन्?

विकासको मूलआधार शिक्षा हो। त्यसैले वडाको शौक्षिक क्षेत्रको सुधारमा जोड दिएको छु। शैक्षिक सुधारअन्तर्गत सामुदायिक विद्यालयमा नेपाली र अङ्ग्रेजी दुवैबाट कक्षा संचालन गरेको छु। अब प्रोजेक्टटरमार्फत कक्षा संचालन गर्ने तयारमा जुटेका छौँ। अहिलेको चासो र विद्यार्थीको आर्कषण भएकाले प्राविधिक शिक्षा यहाँकै बनसाँघु माध्यमिक बिद्यालयमा कृषि जेटिए सुरुवात गर्नको लागि प्रक्रिया थालनी गरको छु।

वडाको स्वास्थ्य र मातृ शिशु स्वास्थ्यको क्षेत्रमा केके गर्नुहुन्छ?

मातृ शिशु स्वास्थ्य र पोषणलाई नीति तथा कार्यक्रममा प्राथमिकताका साथ आफूले सञ्चालन गरेको छु। सुत्केरी महिलाका घरमै पुगेर आफैँ पोषणयुक्त आहारप्रदान गर्ने गरेको छु। सुत्केरी महिलाको घरमै पुगेर एकवटा भाले, गेडागुडी, आयोडिनयुक्त नुन र सरसफाइका सामग्री प्रदान गर्ने गरेको छु।

गरिब र आर्थिक अवस्था कमजोर भएको परिवारमा सुत्केरीलाई पोषणयुक्त खानेकुरा वितरण गरेपछि महिला र बच्चाको स्वास्थ्यमा समेत थप टेवा पुग्गेको अपेक्षा राखेको छु।

वडाको स्वास्थ्य सुधारलाई थप प्रभावकारी बनाउँन सामुदायिक स्वास्थ केन्द्र निर्माण गरि अहेब, अनमी र कार्यालय सहयोगीको समेत व्यवस्था गरि सञ्चालनमा ल्याएको छु। वडामा आयुवेदिक अस्पताल बनाउँने योजना अगाडि बढिसकेको छ।

वडाध्यक्ष निर्वाचित भएर आएपछि जनताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ?

म वडाध्यक्ष निर्वाचित भएर र्आपछि जनताको सेवामा अहोरात्र खटेको छु। जनताको सेवा सुविधामा कुनै कसर राखेको छैन। त्यसैले होला, जनताबाट मैले सकारात्मक प्रतिक्रिया पाएको छु। देश संघियतामा गैसकेपछि सबै सेवा जनताले गाउँमै सहज रुपमा आफूले चुनेको जनप्रतिनिधिबाट पाउँदा खुसी नै छन् जस्तो लाग्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.