|

कञ्चनपुर : भारत संग सीमा जोडिएको मुक्त हलिया बसोवास गर्ने कञ्चनपुरको पुर्नवास नगरपालिका ८ मोतियाफाँटा बस्ती अझै नमूना गाँउ बन्न सकेको छैन।

 बस्तीमै आएर यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले गरेको बाचा पुरा भएको छैन। खानेपानी, बस्नका लागि आवास, आवतजावतका लागि सहज सडकको व्यवस्था हुन सकेको छैन।

 रोजगारीको व्यवस्था नहुदा अधिकांस बासिन्दाले तीन महिना भारतीय उखु फार्ममा थोरै ज्यालामा काम गर्दै आएका छन। जस बाट ती परिवारको जेनतेन ती खर्च चल्ने गरेको छ।

 बस्तीमा बाजुरा, बझाङ, दैलेख र सुर्खेत लगायतका क्षेत्रका मुक्त हलिया परिवारको यस क्षेत्रमा बसोवास रहेको छ।

 बस्तीमा बस्दै आएका परिवार संग पहाडमा स्वामित्वको जग्गा नभएपछि जग्गाकै खोजीमा यस क्षेत्रमा पुगेका थिए। केही परिवार विसं २०५३ साल देखिनै यस क्षेत्रमा बस्न शुरु गरे पनि धेरै परिवार हलिया मुक्तिको घोषणा पछि मालिकको घर बाट विदा हुदा यहाँ आइपुगेका हुन।

बस्तीका ६० बर्षिय मनविर सुनारका बाजे, बुवाले दैलेखमा छदा अर्कैको हलो जोतेर पाईने दुई छाकको खाना र बर्षको एकजोर लुगामा जीवन विताए। साहु बाट लिएको थोरै पैशाको व्याजमा काम गर्नु पर्ने बाध्यता थियो। सावा कट्टा हुनुको साटो बर्षेनी बढदै जाने गरेको थियो। त्यती बेला उनी सानै थिए। बुवाले जेनतेन पैशा जुटाएर साहुको साँवा बुझाए उनले भने, ‘कमाई खाने जग्गा थिएननै। बस्नका लागि बनाईएको झोपडी पनि साहुकै जग्गामा थियो।’

 पैशा बुझाए पछि साहुले बस्दै आएको ठाउ बाट हटाए पछि जीविका धान्नका लागि परिवार सहित तराई झरेपनि कमाई गर्ने ठाउ नपाईदा धेरै बर्ष भारतमै मजदुरी गरेर विताइयो उनले दुखेसो पोख्दै भने, ‘जहाँ मजदुरी पाईन्थ्यो गथ्र्यौ। मजदुरीका लागि बर्षेनी ठाउ फेर्दै हिडनु बाध्यतानै थियो।’

 आफन्तहरुले बस्नका लागि पुर्नवासमा जग्गा रहेको जानकारी गराए पछि यस क्षेत्रमा आएर बस्नु परेको उनले बताए। बस्दै आएको ठाउमा चार कट्टा जग्गा उनी संग छ।

 जग्गामा उत्पादन हुने अन्न बाट तीन महिना परिवारका लागि खानाको  व्यवस्था हुने गरेको छ। बाँकी नौ महिनाका लागि खानाको गुजारा चलाउन भारतीय उखु फार्ममै काम उनले गर्दै आएका छन। धेरै परिवारको झुपडीमा दातृ निकायले उपलव्ध गराएको जस्तापाता लगाएका छन। धेरै परिवार घाँसको झुपडीमै बस्न बाध्य छन।

 बस्तीमा पुग्ने नेताहरुले चुनावमा मोतियाफाँटालाई नमूना बस्ती बनाउने बाचा गरेका थिए सुनारले भने, ‘अझै बाचा पुरा भएको छैन। चुनाव जितेर गएपछि बस्तीमा जनप्रतिनिधि फर्केर आएका छैन।’

 प्रतिनिधि सभाका लागि चुनाव जितेका विना मगर मन्त्री समेत हुनु भएको छ। सुदूरपश्चिम प्रदेश सभाका सदस्य तारालामा तामाङ यस क्षेत्र बाट चुनाव जितेर प्रदेशमा पुगेका छन । नगर प्रमुख जिवनराज थापाले पनि चुनाव जितेका छन। सबै जनाले यस बस्तीलाई नमूना बनाउने बाचा गरेको सुनारले भुलेका छैनन्।

 बर्षौ देखि दुःखमा परेका परिवारहरु बसेको बस्तीलाई चुनाव जितेपछि नमूना बनाएरै छाडछौं भन्थे उनले भने, ‘अहिले आएर नमूना बस्ती बनाउने कुरा स्थगित भएको सुन्नमा आएको छ। क्यान्सील भयो भन्छन। के कारणले हो। भारत नजिकको बस्ती भएर पो हो कि।’

बस्तीमा बसोवास गर्दै आएका १२५ परिवार मध्ये मोतियाफाँटाका ३० परिवारले सरकारको हलिया पुनः स्थापन कार्यक्रम अन्र्तगत घर निर्माणका लागि रकम र थोरै भएपनि जग्गा पाएका छन। बस्तीका धेरै परिवार भने अहिले पनि पुनः स्थापनमा पर्न सकेका छैनन्।

सुर्खेत बाट विसं २०५१ सालमा थातथलोको खोजीमा तराई झरेका सेर बहादुर सुनार माइतीको सहयोगमा मोतियाफाँटामा बस्नका लागि पुगेका हुन। भारतमा मजुदरी गरी परिवारको खर्च नचल्ने भएकाले उनी पनि बस्तीका अरु संगै मजदुरीमा जाने गरेका छन।

 छ महिना कमाएर ल्याएर पछि छ महिना खानका लागि पुग्छ उनले भने, ‘छ महिना मजदुरी नगरी सुखनै छैन।’ क श्रेणिको मुक्त हलियाको परिचय पत्र पाएका उनी यस बर्षको पुनः स्थापन कार्यक्रममा परेका छन। बर्षा हुदा निकै सास्ती खेप्दै आएका थियौं उनले भने, ‘जति पानी बाहिर पथ्र्यौ। त्यति पानी झुपडी भित्र पर्दथ्यो।

 पुनः स्थापनमा परेपछि नचुहिने घर पाईए पछि मजदुरी गरेर आराम संग बस्न पाईने भएको छ।’ बस्तीका सबै परिवारको शुरक्षित आवासमा बस्न पाउने आशा त छ कहिले पुरा हुन्छ। हुदैन दोधारमा रहेका छन। पुर्नवास नगरपालिकाका नगर प्रमुख जिवनराज थापा भने पछाडी परेको समुदायका लागि नगरपालिको प्राथमिकतामा राखेर कार्यक्रम अगाडी सार्ने बताउ छन। काम पाए खान पाउने, काम नपाए खान नपाउने मुक्त हलियाका ४२ परिवारका लागि पुनः स्थापन कार्यक्रम अन्र्तगत आवास निर्माण हुने भएपछि कहाँ बसौं भन्ने समस्या नरहेको उनले बताए।

अरु परिवारलाई पनि शुरक्षित आवासका लागि पहल गरिने उनले बताए। पेशा व्यवसाय तर्फ उन्मुख गराउनका लागि मुक्त हलिया परिवारका लागि नगरपालिकाले विशेष प्राथमिकताका साथ कार्य अगाडी बढाईने उनले बताए। पुर्नवास क्षेत्र बाटै चुनाव जितेर खानेपानी मन्त्री हुनु भएका विना मगरले मुक्त हलिया आवासको केही दिन अघि आयोजित कार्यक्रमा बोल्दै मुक्त हलिया परिवारको अबस्था निकै कष्टकर भएको  नजिक बाट बुझेको बताईन।

 पुनः स्थापनको कार्य जटिल बिषय हो उनले भनिन्  ‘सम्बन्धित मन्त्रालय संग गम्भीर रुपमा छलफल गरी पुनः स्थापन हुन नसकेका परिवारलाई पुनःस्थापन गराउने तर्फ लाग्ने मेरो बचनबद्धता छ।’ चुनावमा गरेका बाचाहरु क्रमशः पुरा गर्दै लैजाने उनले बताईन।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.